सामाजिक सञ्जाल

बिदेश जान लाखौं खर्च गर्नुभन्दा त्यो पैसा नेपालमा नै लगानी गर्नुस्, रामै हुन्छः परराष्ट्रविद आचार्य

काठमाण्डौ । पुर्व परराष्ट्र सचिव मधुरमण आचार्यले लाखौं रुपैयाँ खर्च गरेर बिदेशीने नेपालीहरुलाई नेपालमा नै उक्त पैसा खर्च गरेर कुनै उद्यम गर्दा राम्रो हुने सललाह दिएका छन् । पैसा खर्च गरेर बिदेश जान नेपालीहरु मरिहत्ते गरेका समाचारहरु आईरहेकाप्रति ध्यानाकर्षण गर्दै मलेशीया, दुबई कतार, साउदी वा जुनसुकै मुलुकमा पैसा कमाउन जाने नेपालीहरुतर्फ लक्षीत गर्दै उनले बिदेश जान त्यति साह्रो दुःख नगर्न साँकेतिक सल्लाह दिएका छन् । दैनिक हजार भन्दा बढी नेपालीहरु त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बिदेशीने गरेको दुःखद आँकडा हेर्दा नेपालको अवस्था ज्यादै दयनीय देखिएकाबेला परराष्ट्रविद आचार्यको चासो आउनु अर्थपूर्ण मान्न सकिन्छ ।

शनिबार बिहानै ट्वीट गर्दै उनले लेखेका छन् जति पैसा खर्च गरेर विदेश जान मरिहत्ते गरेका खबर आउँछन् त्यति पैसाले त नेपाल मैं ठाँटले बस्न सक्नु पर्ने हो ! के साह्रो गरेका हौ ?