उर्जा

उपत्यकामा आईतबार ३ घण्टा बिजुली जाने प्राधिकरणको सूचना

काठमाडौँ । देशव्यापी रुपमा नै वितरण प्रणाली सुधार गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको रत्नपार्क वितरण केन्द्रमा पनि सुधारात्मक काम अगाडि बढाएको छ ।

प्राधिकरणको रत्नपार्क वितरण केन्द्रअन्तर्गत रहेको थापाथली स्वीचिङ स्टेशनको ११ केभी भिसीवी प्यानल तथा स्वीच गियर परिवर्तनका लागि विभिन्न राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको हो । उपभोक्ताको हिसाबले धेरै ग्राहक भएको केन्द्रका रुपमा रत्नपार्क वितरण केन्द्रलाई लिइन्छ ।

प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने जनाएको छ । प्राधिकरणले शुक्रबार एक सूचनामार्फत ‘टेकु, थापाथली, पाटन, सानेपा तथा प्रसूतिगृह फिडरबाट हुँदै आएको विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार वितरण प्रणाली सुधार गर्ने लक्ष्यका साथ विद्युत् कटौती गर्न लागिएको हो ।