आर्थिक

मदिरा बजारलाई व्यवस्थीत र मर्यादित गराउन तालिम

काठमाण्डौ । मदिरा बजारलाई व्यवस्थीत र मर्यादित गराउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको जावलाखेल गु्रप अफ ईण्डष्ट्रिजको आयोजनामा शुक्रबार चितवन, नारायणगढ स्थित शुभम होटलमा एक दिने Restaurant Customer Services & Bar Trending Program विषयक तालिम आयोजना गरिएको छ ।
उक्त तालिमा सो क्षेत्रका होटलहरुमा कार्यारत कर्मचारीहरुलाई पाहुनासंग गर्ने व्यवहार, शिस्टाचार स्वागत, सत्कारका तरिका जस्ता विषयमासम्वन्धित विज्ञबाट व्यवहारिक प्रशिक्षण दिएको थियो ।
यस्तो कार्यले यस तालिममा सहभागी हुने होटल कर्मचारीले आफनो जीवन स्तर उकास्न र क्षमता अभिवृद्धि तथा सिप विकास गर्नका लागि सुवर्ण अवसर प्राप्त गरेका छन् । सो तालिम प्राप्त गरि सके पछि निजहरुले प्रदान गर्ने सेवाको गुणस्तरमा वृद्धि समेत हुने अपेक्षा आयोजकले गरेको छ । यस्तो कार्यले पर्यटन प्रवर्धनमा समेत टेवा पुग्न गई आउदै गरेको Visit Nepal 2020 लाई समेत सहयोग हुने अपेक्षा गरिएको बताईएको छ ।