राजनीति

प्रधानममन्त्री अरुलाई होच्याउछन्, जिस्क्याउछन् तर आफ्नो आलोचना गर्नेलाई दण्ड गर्ने कानून बनाउछन्- गगन

काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले ओली सरकारले प्रधानमन्त्रीको आलोचना गर्ने नागरिकलाई कारबाही गर्ने कानून ल्याउन लागेको बताएका छन् । आजको सूचना प्रबिधिसम्बन्धी बिधेयकको छलफलमा बोल्दै प्रधानमन्त्री वा सरकार घटकका आलोचकलाई दण्ड गर्ने कानून ल्याउन लागेको आरोप लगाएका हुन् ।
साँसद थापाले प्रधानमन्त्री ओलीले अरुलाई होच्याउने, जिस्क्याउने, जथाभावी भन्ने तर त्यही कुरामा अरुले आलोचना गरेमा उनीहरुलाई दण्ड गर्ने कानून ल्याउनु गलत भएको तर्क गरेका छन् ।
सामाजिक सञ्जालहरु दर्ता गर्न बनाएको नियममा दर्ता गर्न आएन भने सरकारले के गर्छ भन्ने प्रतितप्रश्न समेत गरेका छन् । नेता थापाले सामाजिक सञ्जाल दर्ता गर्न आएन भने सरकारले बन्द गर्न सक्छ र भन्ने संकेतिक प्रश्न सोझ्याएका छन् । उनले संबिधानमा ब्यवस्था भएबमोजिमको वाक स्वतन्त्रताको मूल्य र मान्यतालाई ध्यानै नदिई कानून बनाउन लागेकोमा असन्तुष्टी समेत पोखेका छन् । नेता थापाले सरकारले बहुमतका आधारमा कुनै दफा परिवर्तन गरेपनि जनताको बलमा मात्र नियत परिवर्तन गर्न सकिने बिचार ब्यक्त गरेका छन् ।