विचार/ब्लग

भ्रष्टाचारीलाई पुन्यु तताएर डाम लगाएको…

डिल्लीराम तिमिल्सिना/हरेक धर्मले आफ्ना धार्मिक सम्प्रदायको लागि पवित्र कार्य र अपवित्र कार्यहरुको बारेमा स्पस्ट धारणा निर्माण गरेको हुन्छ । यो लेख मार्फत समाजका धार्मिक र राजनैतिक इकाइको काममा आएको नैतिक संकट र कार्यगत स्खलनको नमुना मार्फत सस्थागत हुँदै गएको घुस संस्कारको उजागर गर्न खोजेको छु । विद्यमान संरचनामा समस्या देखाउने एउटा माद्यम हो, घुस संस्कार । हाम्रो समाजमा घुस यसरि प्रतिबिम्बित हुदैछ कि, घुस्याहा हुनु पनि राजनैतिक प्रणालीको एक बायोडाटा हो । घुसको समस्या देखाएर भएका सामाजिक अंगलाई नै अपाङ्ग बनाएर नयाँ प्रायोजित संरचना निर्माण गर्ने र बिस्तारै जनता र परम्पराबाटै देशको बर्बादी गर्ने श्रीन्खला चल्नुले नियोजित रुपमै एउटा वर्ग हरेक संघ, संगठन र संस्थाहरु खत्तम पार्न उद्धेलित छ। पुराना संस्था खत्तम पारेर निजि र आयातित र प्रायोजित संस्था खडा गर्ने क्रम पहिले देखिनै चलेको छ। सिमित बर्ग र मानिसको तात्कालिक जिबन निर्बाह हुने र मुट्ठीभर मानिसको लागि फाइदा हुने भरमा आम नेपालीका फाइदा हुने हाम्रा साझा सार्बजनिक संस्था मास्ने रोग हाम्रो समाजमा प्रवेश गरिसकेको छ। त्यसैले बुढी मरी भनेर रुनु भन्दानी काल पल्क्यो भनेर रुनुू र काललाइ चिन्नु स्रेयकर ठहर्छ ।

हिन्दु धार्मिक संस्कारमा साँढे (पुलिङ्ग) र साँधी (स्त्रिलिङ्ग) बन्ने र बनाउने प्रक्रिया अरु पनि होलान । यहाँ मैले हाम्रो गाउँघरमा देखेको प्रक्रियाको मात्र चर्चा गरेँ, ठाउं बिशेस अनुसार फरक(फरक चलन होलान। तर यो कुरा चाहिं सत्य होकी गाई हिन्दु संस्कारमा हरेक चाड, पर्ब र संकारमा कुनै न कुनै रुपले जोडिएको हुन्छ । यसमा अध्यात्मिक, दार्शनिक, धार्मिक लगायत अन्य मान्यता लुप्त र ब्यक्त रुपमा रहेका छन् । मानिस मरेको ११ र १२ औं दिनमा मृत आत्माको स्वर्गमा प्रवेश गराउन अनि आत्मा–शान्तिको लागि, गाईका कोराला कोरलीलाइ (बाच्छा) (बाच्छी) क्रिया कर्म गर्ने ठाउंमा थला लगेर धातुको पन्यू तताएर ढाडमा छालानै खुइलिने गरि डाम्ने प्रचलन थियो। पीडा सहन नसकेर होला ति अबोध पशुहरु बाँ बाँ गरेर कराउथे र रुन्थे, डामिएका ति पशुहरुलाई खुला चौरमा छाडिन्थ्यो । धार्मिक बिस्वास अनुसार यी पशुको माद्यमद्वारा मृत आत्माले स्वर्गमा स्थान पाउछन भन्ने धार्मिक मान्यता रहेको कुरा गरुड पुराणमा उल्लेख छ । साँढे (बाच्छा) र साँधी (बाच्छी) बन्ने जनावरको दृस्टीकोणबाट पनि उनीहरु पबित्र सार्बजनिक हुन्थे । ती पशुलाई कसैले आफ्नो व्यक्तिगत प्रयोजनको लागि नियन्त्रणमा लिने चेस्टा गर्दैनथ्यो किनकि तिनीहरुमा शारीरिक छाप हुन्थ्यो । साँढेलाइ गोरु बनाए महापाप लाग्ने धार्मिक मान्यता छ, त्यस्तै साँधिको दुध बिशिस्ट पबित्र कार्यको लागि चोखो मानिदैनथ्यो वा ती प्राणीहरु मानिसको कब्जाबाट मुक्त रहन्थे । गाउँमा कसैको बालीनाली पशुले नस्ट गरेको भए गालि सुनिन्थ्यो, “होइन यी कसको साँढे साँधी छोडेका हुन् ?” थाहा पाएसम्म र ज्ञान भएसम्म साँधिका बाच्छा बाच्छी लाई पनि हम्मेसी शुध्ह धार्मिक कार्यमा दान दिने चलन थियन । यी जनाबरहरु सार्बजनिक जग्गामा विचरण गर्थे, शैबमर्गी गेरुबस्त्रधारी जोगी र माताहरुले यस्ता फिरन्ते पशुको रक्षा गर्दथे, महादेवको नन्दी मान्थे उनीहरु । धार्मिक हिसाबले समाजले उनीहरुलाई स्रोत साधनको व्यवस्था पनि गरिदिन्थ्यो । हिन्दु मन्दिर, मठ, मन्दिर र धर्मशालामा यी प्राणीहरु विचरण गर्दथे। आजभोली यस्ता प्राणी बिरलै देख्न पाइन्छ ।

अध्यात्मिक, दार्शनिक, धार्मिक लगायत अन्य मान्यता लुप्त र ब्यक्त रुपमा रहेका छन् । मानिस मरेको ११ र १२ औं दिनमा मृत आत्माको स्वर्गमा प्रवेश गराउन अनि आत्मा–शान्तिको लागि, गाईका कोराला कोरलीलाइ (बाच्छा/ बाच्छी) क्रिया कर्म गर्ने ठाउंमा थला लगेर धातुको पन्यू तताएर ढाडमा छालानै खुइलिने गरि डाम्ने प्रचलन थियो। पीडा सहन नसकेर होला ति अबोध पशुहरु बाँ बाँ गरेर कराउथे र रुन्थे, डामिएका ति पशुहरुलाई खुला चौरमा छाडिन्थ्यो । धार्मिक बिस्वास अनुसार यी पशुको माद्यमद्वारा मृत आत्माले स्वर्गमा स्थान पाउछन भन्ने धार्मिक मान्यता रहेको कुरा गरुड पुराणमा उल्लेख छ ।

पञ्चायतकालीन कार्यक्रम मार्फत सार्बजनिक जग्गामा हुने स्थानीय अतिक्रमण रोक्नको लागि, यात राष्ट्रियकरण वा ब्यक्तिकरण भन्ने घोषणाले, स्थानीय स्रोत साधनमा साझा स्वामित्व लिने र अपनत्व देखाउने क्रियाकलापमा केहि ह्राश आएको भेटिन्छ । नेपाली समाजमा जनसंख्या बढ्दो सार्बजनिक सम्पति घट्दो र धार्मिक मान्यताको समाज भन्दा दक्षिणबाट भुसको आगो जस्तै बढेको पश्चिमा लर्ड म्याकुले शिक्षाले बिस्तारै नयाँ ज्ञान मात्र लिएर आएन, बिस्तारै नयाँ विचार, अर्थ, प्रबिधि र संस्कार लिएर आयो । जंग बहादुरको बेलायत भ्रमण पछि गुरुकुल शिक्षालाई बिस्थापित गर्न जातीय मुद्धालाइ उचालेर बिखण्डनको बितन्डा मार्फत हाम्रो परम्परागत शिक्षा प्रणाली र भाषालाइ ब्राह्मण जातिको मात्र हो भन्ने भ्रम छर्ने क्रम सुरु भयो ।

नयाँ शिक्षाले परम्परालाई समेट्नु, सस्लेशन गर्नु भन्दानी नयाँ बिचारको आधारमा पारिबारिक खण्डिकरण गर्ने, ग्रामिण समाज र बसाइलाई हेला गर्ने मनोविज्ञानको निर्माण, व्यक्तिगत सम्पति थुपार्ने, ब्राह्मण र पुरानो संस्कृतको विस्तापित गर्ने काम गरेको छ। आधुनिक र सामाजिक रुपान्तरण गर्ने प्रक्रियामा आयातित बजार व्यवस्थाले, कृषि पेशा र निर्बाहमुखी पशुपालनलाई आधार मान्ने योजनालाइ सहयोग गरेन । जनसंख्या नियन्त्रण र पारिबारिक बिखन्डनले गाइपालनमा गणितीय अर्थशास्त्र मिसियो । चरनको अभाब, रासायनिक मलको बजार विस्तारले पनि मल र जलको लागि पालिएका गाईलाई बिस्थापित भए । गाईलाई दान दिने र लिने हाम्रो परम्परा पनि परिबर्तन हुनलाग्यो ।गाइ पाल्ने स्रोत र साधनको अभाब भएपछी कर्मकाण्ड गर्ने ब्राहमणले गाई दान लिनु भन्दा आफुले पालेकै गाइलाई सेलेब्रिटी बनाउन लागे (एउटै गाई नौ तिर चाहार्ने) संस्कार बस्यो । साँढे–साँधी डाम्ने प्रक्रिया पनि छाला छुने प्रक्रियामा पुग्यो । संस्कार यसरि स्खलित भयो कि गाइको रुपमा पैसा भए चल्ने भयो। यसरि संकृति परिबर्तन नाउँमा परम्परागत संस्कारको दोहोलो काधेर निकम्पा बनाउन ब्राह्मणहरु नै लागिपरे। हिन्दु बाहेक अन्य धर्म र सम्प्रदाय त विभिन्न बहानामा लाग्ने नै भए। संस्कृत मृत भाषा हो भन्ने अनि ब्राह्मण बन्ने प्रक्रिया नै अबरुद्ध पार्न लागिपरे, आधुनिक भनौंदाहरु । ब्राह्मण को संख्या कम भयो पुराना बूढाहरुको अबसानपछि नयाँ हाइब्रिड ब्राह्मण छन् जसले ज्ञान र चेतना आफ्नो परिस्थिति अनुरुप व्यख्या गरिदिन्छन ।

नेपालमाको प्रजातान्त्रिक अभ्यास र बिकाशको ‘बाइ प्रडक्ट’ हो भ्रस्टाचार। हाम्रो समाज मा अहिले यो भ्रस्टाचार यति ब्याप्त छ कि हिजोभन्दा आज झन् –झन् समाजका सम्पूर्ण तत्व र निकायहरुले भ्रस्ट र भ्रस्टचारलाइ संस्थागत गरेकाछन् । जनताको लागि नीति र निर्माण गर्ने तहमा बस्नेहरुनै आफु अनुकुलको नियम बनाउने अनि कार्यान्वयन गर्ने ठाउँमा आफ्नो पन्डा र सुसारेलाई भर्ति गरे पछि होस् पनि कसरि ? पुरानो कृषि समाजमा मृत आत्माको लागि छाडिएका साँढेलाइ चिनिने गरि डाम्न लगाउने पण्डित (पुजारी) जस्तै पवित्र र सबैले मानेको राजनैतिक संस्था हो “अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल”। भ्रस्टलाइ डामोस र नेपाली समाज मा सबैले चिनिने बनाओस फिरन्ते साँढे साँधी जस्तै भनेर खडा गरिएको यो संस्थाले सुरुमा त केहि भ्रस्टहरुलाई मजाले पुन्युनै तताएर डाम लगाएको थियो। आजभोली राजनैतिक संक्रमण, संघियता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता भयङ्कर ठुला कुरा गरेर जनता अलमल पार्ने र देशको सम्पति लुट्ने संस्कार मौलाउदै गएको सर्बबिदितै छ। समाजमा रहेका समस्या निराकरण होलान र शान्ति र अमनचयनको स्वाश फेर्न पाइएला भनेर बसेका जनताहरु निराश र आक्रोशित बन्दै गएका छन् । बिस्वाश र नैतिकता नामको खडेरी परेको छ। सोचनीय कुरा यो छ कि यहाँ किन र कसरि यस्तो निरासाको बादल मडारिएको छ ? कुनै राजनैतिक दल वा समुह भन्दानी, सिंहदरबार देखि हाम्रो घरबार सम्म जताततै अनैतिक कुचक्रको जालो फैलिएको छ । हुनतः मूल नै धमिलो भएपछी शुध्ह पानीको आशा गर्नु नै बेकार हुन्छ । यहाँ हामीले खोज्नुपर्ने बास्तबिकता के हो भने हाम्रो मूल के हो ? किन र कसरि समाजका सम्पूर्ण तत्व यसरि स्खलित र हाम्रो सामाजिक संस्कार दुषित बन्न पुग्यो ? एकातर्फ भ्रस्ट लाइ नस्ट गर्नुपर्ने छ भने अर्को तर्फ भ्रस्ट बन्ने प्रक्रिया र तत्व हरुको नियोजन गर्नु । यो काम गर्ने भनेको सरकारको मान्यता पाएको निकायहरुले हो। सरकारी निकायहरुले आफ्नो काम गर्न नसक्नु र उनीहरु नै आफ्नो काम कर्तब्य, अधिकार भुलेर भ्रस्टहरुकै रोइला गाउनुले उत्तरदायित्व, असल शासन, पारदर्शिता, जिम्मेबारी बहन जस्ता कुराको ब्यबहारमा देखिनु ठुलै चुनौती देखिएको छ। एकातर्फ पद र नियुक्ति पाउनको लागि भक्तिभाव गर्ने, पार्टीलाई चन्दा दिने वा नियुक्ति दिने निकायलाई घुस दिने संस्कारले, सहि ठाउँमा सहि व्यक्ति पुग्न पाएको छैन भने सरकार र शक्तिमा रहेकाहरु विभिन्न सरकारी निकायमा उचित ज्ञान र क्षमता भएको व्यक्ति भन्दानी आफ्नो र आफुलाई फाइदा दिने व्यक्ति नियुक्त गर्ने रोग हिजो भन्दा आज झन् बिकराल भैरहेको छ । पंचायत भ्रस्ट भयो भनेर, प्रजातन्त्र आयो, प्रजातन्त्रको लागि राजतन्त्र गलगाँड भयो भनेर यसको पनि बिदेशी सल्य चिकित्सकको सहयोगमा फ्याँकियो । तर यहाँ ब्यबस्था फेरिंदा पनि समस्या भने “झन् ताछ्यो झन् ठुलो हुने खाल्डोको” स्वरुपमा बढ्नुले, स्थिति नियन्त्रण भन्दा बाहिर गएको आभास हुन्छ ।

यस्ता सामाजिक कु–संस्कारहरु पुरै सुगन्धित पार्ने बाताबरण बनेको छ पैसाको ध्वांसले। यसरि पैसा र अर्थलाइ निर्लज्ज सर्बोपरि मान्ने दर्शन हामीले कहाँबाट बनायेउ भन्ने नै आजको यक्ष प्रश्न हो ।जति जति शैक्षिक जनशक्ति बढ्दै गैरहेको छ उति उति समाज र संस्कार भ्रस्ट बन्नुले, हाम्रो शैक्षिक प्रणाली र अहिलेको कथित पश्चिमा केन्द्रित राज्य प्रणाली माथि प्रश्न गर्न पाइने कि नपाइने ?

१४ औं शताब्दीका पादरीहरु झैँ भ्रस्ट र गति छाडा अनि नमकहलाल भएका नेता, कर्मचारी र कार्यकर्ताहरुको व्यवहार देख्दा नेपालको सम्पूर्ण संयन्त्र असफल पार्न कोहि र कुनै शक्ति नियोजित रुपमै हाबी भएका छन् भन्ने थप प्रमाण पेश गर्नु नपर्ला । यहाँ दुइटा परिकल्पना (हाइपोथेसिस) को उचित अनुसन्धान र खोज गर्नुपर्ने देखिन्छ।

१) हाम्रो वर्तमान शिक्षा प्रणाली र सामाजिकीकरणले दिने चेतना र ज्ञानले हामीलाई सामुहिक, साझा र सांगठानिक भन्दानी नितान्त व्यक्तिपरक, स्वार्थी र आत्मकेन्द्रित बनाएको छ।

२) हाम्रो देशका विभिन्न उच्च पदमा आसिन व्यक्तित्वहरु पदमा पुग्ने बित्तिकै देशी तथा बिदेसी दलालको एक प्रकारको चक्रब्यूहमा फ़स्छन् जसलाई तोड्ने क्षमता उनीहरु संग छैन। वा प्रजातान्तिक प्रणालीका कतिपय पदहरु कुनै पुन्जिबादी निर्देशकको प्रयोजनमा जितिने गरेका छन् ।

यदि यस्तो केहि होइन भने आजसम्म विभिन्न व्यवस्था फेरिंदा पनि आम जनताले अनुभूति हुने गरि परिबर्तन नहुनु केवल अमुर्त पुंजिबाद मात्र दोषी नहोला। पुन्जिबादी राष्ट्रहरुमा पनि जनताका विभिन्न समस्याको निराकरण भएको छ । हाम्रोमा भने यति धेरै प्रचुर सम्भावना र जनसमर्थन हुँदा पनि केहि हुन नसक्नुलाइ सामान्य रुपमा लिन सकिन्न। अर्को बिडम्बना र नौलो कुरा त यो छ कि अख्तियारले भ्रस्ट भनेका नेता, कर्मचारी, ठेगेदार, दलाल वा अन्य निकायहरु सजिलै अदालती प्रक्रियाबाट छुट्छन् , त्यो पनि बिगो भन्दानी ७५ प्रतिशत कम धरौटीमा। भ्रस्ट पात्रलाई नकार्नु, सामाजिक तिरस्कार गर्नु भन्दानी पुज्ने प्रक्रियाले लाज नामको उछितो काढेको छ।हाम्रो समाजले अदालत वा जेल को गेटमा गरिने फुल माला र स्वागत सत्कार त यति उत्तेजक छ कि जसले भ्रस्ट बन्नु कुनै युध्हा जित्नु जस्तै हो। यस्तै उत्तेजनाको बाताबरण त बिगतमा एउटा अबला नारीलाई सति जानको लागि गर्थे, सामान्तीहरुले। यस्ता सामाजिक कु–संस्कारहरु पुरै सुगन्धित पार्ने बाताबरण बनेको छ पैसाको ध्वांसले। यसरि पैसा र अर्थलाइ निर्लज्ज सर्बोपरि मान्ने दर्शन हामीले कहाँबाट बनायेउ भन्ने नै आजको यक्ष प्रश्न हो । जति-जति शैक्षिक जनशक्ति बढ्दै गैरहेको छ उति उति समाज र संस्कार भ्रस्ट बन्नुले, हाम्रो शैक्षिक प्रणाली र अहिलेको कथित पश्चिमा केन्द्रित राज्य प्रणाली माथि प्रश्न गर्न पाइने कि नपाइने ? अहिले हाम्रो समाजमा भ्रस्ट र दोषीको खोजि गर्दै जाने हो भने सापेक्षतमा दोषी भन्दानी निर्दोषी को छ भनि खोज्नु स्रेयकर ठहर्ला । अर्को तर्फ भिड र भिडले गर्ने सामाजिक न्याय संयन्त्र यसरि चुलियको छ कि के राम्रो हो के नराम्रो भन्ने परिभासा नै बदलियको छ । पैसा पाएमा संस्कार, पद्धति नै बदल्ने हाम्रा पण्डित जस्तै । पैसा र लुप्त रुपमा चोर , डाँका र भ्रस्टको जालो तोड्नु को साटो आफै पनि भ्रस्ट को मतियार बन्दै गएको छ अख्तियारको अखडा । अख्तियारले निरेपेक्ष भएर काम गर्ने सक्दैन किनकि यसको जन्मनै दुषित मानाशिकताले भएको छ । अर्कोतर्फ हाम्रो जस्तो भूपरिबेस्थित मुलुकमा मिल्दै नमिल्ने उखान ,“ठुलो माछा समात्ने” को रटान दिने अख्तियारका महासयहरुलाई के थाहा ठुलो माछा नेपालको पोखरी र तलाउमा बस्दैन भन्ने ।

राजनीतिलाई सेवा भन्दा पेशा बनाएर लुट्ने र लुट्न सघाउने नेता देखि घर परिबारमा जागिर गरेर ठुलो धन आर्जन गर्ने हरुको ठुलो सानबान छ । बडामहाराज पृथ्वी नारायण शाहको भनाइ, “घुस दिने र घुस लिन्या भनेका दुवै रास्ट्रको शत्रु हुन्” भन्ने महाबाणिको आजकल समाजमा “घुस नलिन्या र घुस खान नसक्न्या भनेका कायरका मित्र हुन्” जस्तै भएको छ। पारिबारिक संरचना देखि, साथी संगति र अन्य निकायहरुमा रहेका सदस्यको सम्पति र बाहिरी सानबानले गर्दा जे जसरि कमाओस एक प्रकारको विकृत समाजको बहुमत छ । घुस नखाने र खान नसक्ने हाँसोको पात्र मात्र होइन, बर्गीय हिसाबले पनि तल्लो तहको श्रेणीमा पर्नुले सामाजिक संस्कार झनै दुषित भाको छ। भैरहेका समाजिक संस्कार र सार्बजनिक संस्थाहरुमा बिस्तारै एक प्रकारको घुस नामक भाइरस घुसेको छ। पहिले नेपालमा रहेका सार्बजनिक उधोग धन्दा खर्चिलो भयो भन्ने दोष दिएर खुला र उदारीकरणको नाउँमा धेरै उद्योगलाइ या त बन्द गरियो वा निजीकरण। उद्योग भित्र पसेर समस्या सिर्जना गर्ने र उधोग धरासायी पार्ने हुन् या समस्या भयो भनेर राष्ट्रिय योजनाका उधोग बन्द गराउने, दुवै नेपाली तत्व होइनन, अनुहारमा नेपाली देखियपनि, यी विभिषण तत्वहरु हिजो पनि परिचालित थिय र आज पनि छन् । आज हरेक क्षेत्र, तह र तप्कामा बसेर घुस नखाई काम नगर्ने, संस्थामा बसेर संस्थै सिध्याउने प्रवृति बढेको छ । पछिल्ला समयमा स्वास्थ्य क्षेत्र, शैक्षिक निकायहरु, बिस्वबिध्यालय, सेना, प्रहरी, नेपाल बायुसेवा निगम, अख्तियार, अदालत, कर्मचारी जस्ता क्षेत्र र निकायहरु सबका सब दुषित, घुस्याहा र नालायक जस्तो देखिनुमा चर्चामा रहेका केहि पात्र मात्र दोषी छैनन् । नेपालका यी निकायहरुलाई सामान्य आँखाले हेर्दा दोषी देखाएर कुनै अदृस्य दलाल पुन्जिबादी शक्तिले आफ्नो स्वार्थ साध्न खोजेको छ। यी कुराहरु धेरैले बुझेर पनि बुझ पचाएका छन् । यस्तो हुनुमा यात मनोबैज्ञानिक डरमा राखियको छ वा थोरै जुठोपुरो दियर बिटुलो पारिएको छ ।नेपालका हरेक सार्बजनिक सम्पति, निकाय, संस्था र विभागमा ब्यक्तिबादी, निजिगत र परनिर्भर शक्तिको प्रवेश गराउने कामको कारिन्दा विभिन्न पालिकामा बस्ने हाम्रै नेपालीहुनुले देश नब औपनिवेशिक बर्बादीको बाटोमा गएको छ। समस्या देखाएर हाम्रा साझा संस्था बन्द गर्ने र पुन्जिबादी बजारको फाइदा पुग्न्रे र पुर्याउने काम गर्ने दलालको रुपमा काम गरेका छन, अहिले समाजमा देखियका सकुनी घुसखोरहरुले । नेपाली समाजमा तिरस्कृत हुँदापनि बारम्बार राजनैतिक रुपमा पुरस्कृत हुने केहि पात्रले, नेपाली समाजमा बिध्यमान संघ र संस्था सिध्याउने भूमिकाु खेलेका छन् । जुन कुरा बुझ्न र बुझाउन अब अर्कै राष्ट्रिय चेतनाको बिकाश गर्नुपर्दछ । जुन कुरा गर्न हाम्रो बैदिक ज्ञानको नयाँ शिक्षा र राष्ट्रिय आत्मा सहितको ज्ञान आबस्यक छ।
( लेखक हाल हाल टोरन्टो, क्यानाडा बस्छन् )