सामाजिक सञ्जाल

नेताद्वय निधि र डा.महतमाथी दुब्र्यबाहार गर्ने नेबिसंघ होईनन्ः सरोज थापा

काठमाण्डौ । नेपाल विद्यार्थी संघका निबर्तमान महामन्त्री सरोज कुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा काँग्रेस उपसभापति बिमलेन्द्र निधि र सहमहामन्त्री डा. प्रकाश सरण महतसंग नेबिसंघका बिद्यार्थीले गरेको बिहीबारको दुर्ब्यबहार अनुसासनहीन र अराजक झुण्डको संज्ञा दिएका छन् । उनले नेताहरुमाथी अराजक ब्यवाहार गर्ने ३२ बर्षभन्दा मार्थी वा तल जुनसुकै समूहको भएपनि नेबिसंघको कार्यकर्ता नहुने तर्क गर्दै यसो भनेका छन् ।

‘नेपाली कांग्रेसका आदरणीय नेताहरु उपसभापति विमलेन्द्र निधी ज्यु र सह– महामन्त्री प्रकाश शरण महत ज्यु सङ्ग पार्टी केन्द्रिय कार्यालयमा प्रदर्शन गरिएको अशोभनीय र अमर्यादित व्यवहारको घोर निन्दा गर्दछु ! आफ्ना मागहरू शान्तिपुर्ण रुपमा पेश गर्नुको साटो पार्टी नेताहरुलाई अपमान गर्ने, दुर्ववहारको शैलीमा उत्रने कुनै पनि अनुशासनहिन र अराजक झुंडर समुह (३२ माथी वा ३२ मुनि उमेर समुह) नेविसंघका कार्यकर्ता हुनै सग्दैनन ! चेतना भया… पृथ्वी गोलो छ, मतियारहरु पालो सबैको आउन सक्छ, होशियार …..’