राजनीति

आईतबारको काँग्रेस केन्द्रीय समिति बैठकले विधानबारे यसरी टुंगो लगाउँदैछ

काठमाडौँ । महासमिति बैठकबाट केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको विधानमाथि नेपाली काङ्ग्रेसले छलफल जारी राखेकोे छ ।

काङ्ग्रेसले सो विधानलाई अन्तिम रुप दिन पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीसँग पार्टी कार्यालयमा आज छलफल गरेको हो । विधानलाई अन्तिम रुप दिन आवश्यक छलफलसहित सहमतिको प्रयास भइरहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधानसम्बन्धी छलफललाई अन्तिम रुप दिन काङ्ग्रेसले फागुन १२ गते आइतबार ११ बजे पार्टी केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ ।