मनोरञ्जन

जलजला परियारको नयाँ गीत ‘भाग्य यस्तै’: गीतमा झल्किन्छ बाध्यताले विदेशिनुको पीडा

काठमाडौं । चर्चित संगीत रियालिटी शो ‘नेपाली तारा’को सिजन–३ बाट एकाएक चर्चामा आएकी गायिका जलजला परियारको नयाँ गीत सार्वजनिक भएको छ । उनीसँगै गायक क्रिस पिकेको समेत स्वर रहेको यो गीतले बाध्यताले विदेशिने नेपाली युवाको कथा बोल्छ ।

निर्प प्रमोद जोशीको शब्द रहेको गीतमा म्यूजिक र एरेन्ज विशाल निरौलाको छ । अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा लोकदोहोरी क्षेत्रकी व्यस्त मोडल अञ्जली अधिकारीले अभिनय गरेकी छिन् । उनलाई अभिनयमा कुमार श्रीले साथ दिएका छन् । गीतको भिडियो निर्देशन सिर्जन बरालले गरेका हुन् ।

‘हामीकहाँ विदेशिनु बहुसंख्यक नेपालीको बाध्यता हो । यही कटु यथार्थलाई हामीले गीतमार्फत भन्न खोजेका हौँ । आशा छ, दर्शकले स्वीकार्नुहुनेछ,’ गीतका संगीतकार विशाल निरौलाले भने ।
गीतको भिडियो लिंक: