राजनीति

अध्यक्ष ओली पार्टीभित्र अल्पमतमा, कार्यदल बिघटन गर्ने सचिवालय बैठकमा राखे प्रस्ताव

काठमाण्डौ । नेकपाको कार्यदललाई बिघटन गर्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका छन् । कार्यदलले काम गर्न नसकेकोमा असन्तुष्टी जनाउदै अध्यक्ष ओलीले कार्यदल बिघटन गर्न प्रस्ताव पेश गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा बरिष्ठ नेता माधबकुमार नेपाल, झलनाथ खनाल नेता सुरेन्द्र पाण्डे सहित अध्यक्ष पुष्पकमल दहाल भने कार्यदलको इएक हप्ता म्याद थप्ने योगेश भट्टराईले राखेको पस्तावको पक्षमा देखिएको बताईएको छ ।
अध्यक्ष ओली पछिल्लो समयमा पार्टीभित्र अल्पमतमा परेका छन् । कार्यदलका संयोजक रामबहादुर थापाले कार्यदलले काम नगरेको नभएर काम गर्न नदिएको कारण काम नभएको दाबी गरेका छन् । अधिकाँस सदस्य गृहमनत्री समेत रहेका थापाको कुरामा सहमत छन् ।