सामाजिक सञ्जाल

बिराटनगरबाट देउवालाई कार्यकर्ताको प्रश्नः डा कोईरालालाई सोध्नुअघि पत्ता लगाउनुस डा.आरजु र सालोको पार्टी भित्र योगदान के थियो ?

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य डा. शेखर कोईराला लगायतका कोईराला परिवारको काँग्रेसमा योगदान नभएको जिकिर गरेका बेला राजनीतिक रुपमा बिभिन्न टिप्पणी भईरहेका छन् । आगामी १४ औं महाधिवेशनका बेला पार्टी सभापतिमा कोईराला परिवारबाट एकजना उमेर्द्वार हुने शनिबारको बीरगंजमा गरिएको गिरिजा प्रसाद फाउण्डेशनको कार्यक्रममा बुधबार डा शसाँक, शेखर र सूजताले बताएपछि पर्सास्तरिय कार्यकर्ता भेटघाट कार्यक्रममा पुगेका सभापति देउवाले कोईराला परिवारतिर आक्रोशीत हुंदै काँग्रेस कोईरालाहरुको बिर्ता नभएको प्रतिकृया दिएका छन् । अलि बढी प्रभाबशाली नेता डा. शेखर कोईरालातिर लक्षीत देखिएको उक्त अभिब्यक्तीको उत्तर औपचारिक रुपमा डा. शेखर कोईराला वा कोईराला परिवारबाट आएको छैन । यसैबीच कोईराला परिवारको राजनैतिक उद्गम स्थान बिराटनगरमा काँग्रेस कार्यकर्ताले आफ्नै पार्टी सभापति बिरुद्ध अब्यिक्ती दिँदै आउन थालेका छन् । यसैबीच अर्जुन खड्का भन्छन्,

‘पर्सा तिर पुगेर १५१ किलोको माला भिर्नेबितिक्कै उदण्ड बनेका देउवाले शेखर कोइरालालाई अनुशासनको कार्वाही गर्ने धम्की दिएछन् । केन्द्रिय सदस्य निर्वाचित भएपछि निरन्तर दुर्गम गाउँ बस्ती, जिल्ला तिर निजि श्रोतशाधन खर्चेर जनताको दुःख सास्तिमाथी मलम पट्टि लगाउदै काङ्ग्रेसको खच्किदो साख ब्युताउदै सङ्गठन दरिलो बनाउदै हिँडेका कोइरालाको लोकप्रियताले मुटु कामाएका देउवाले कायरतापुर्ण स्वरमा दिएको यस्तो अभिव्यक्ति लज्जास्पद र तुच्छ शैलिको छ। देशमा आइपरेका प्राकृतिक प्रकोपमा उद्दारगर्न दबाइ, खाद्यान्न बोकेर आफै बिरामीको स्वास्थ्य जाच्दै गर्दा देउवा बुढानिलकण्ठमा मस्त थिए कि कैलाशतिर ? म काङ्ग्रेस आन्दोलमा टाउको फुटाउदा कोइरालाहरु काहा थिए भन्ने हैसियत के ? अनि श्रीमती आरजु र सालोको पार्टी भित्र योगदान के थियो ? देउवाले बिहे गरेकै भरमा स्वामित्व र हालिमुहाली सर्यो ? यो चाहिँ कुन लिगेसी भन्ने ? देउवाको भ्रुण बाउकै अन्डकोसमा रहदा देखि मुलक र प्रजातन्त्रका लागि कोइरालाहरुले धेरै त्याग गरेका थिए भन्ने इतिहास साक्षी छ। जनता र कार्यकर्तालाई गुमराहमा राखी जिब्रो डढाएकै कुत खाएर ५ पटक प्रधानमन्त्री र पार्टी सभापति हुँदा समेत कुन ऐतिहासिक कार्य गरेको रेकर्ड छ ? पार्टी भित्रका भात्री, भगिनी र सुभेक्षुक सँस्थाहरुको अबस्था कस्तो छ ? ग्रास रुटमा पार्टी कार्यकर्ताको मनोबल कस्तो छ भनेर कहिल्यै बुझ्ने कोसिस गरेको छ ? मुलुकमा बाम सरकार ले कान्डै कान्ड मच्चाउदा प्रतिपक्षी दल किन मौन बसेको ? जनताको समस्यालाइ काधमा बोकेर हिड्नुपर्ने, न्याय अन्याय केलाएर सरकार बिरुद्ध खनिनु र खबरदारी गर्नु पर्ने अबस्थामा लुकि लुकि ओलि भेट्ने र काइतेकुरो गरेर पछि हट्ने देउवाबाट काङ्ग्रेसको हित हुन सक्ला ? बाइड बडि विमान खरिद मा देउवाको नाम मुछिदा आम कार्यकर्तालाई शीर ठाडो बनाएर हिड्न लाज भएको छ तर यस्को विरुद्धमा संस्थागत वा ब्यक्तिगत प्रतिरोध खोइ ? जिब्रो टोकेर कुरा नगर्दा हुन्छ, पार्टीकोको सर्बश्रेस्ठ पदमा बसेर यस्ता घटिया तर्क पस्किदै हिड्न सभापतिलाई सुहाउला ? हेटौंडा भेला र माहासमिती सदस्यहरुको बैठकले पारितगरेका निर्णयहरु केद्रीय समिती मार्फत जस्ताको तस्तै पारित गराउने वचन आफ्ना स्वार्थ अनुकुल नहुदा मैले हुन्छ भनेकै छैन भनेर बिस्वासघात गर्न मिल्छ ?
देउवाको ब्यक्तिगत फाइदाको लागि मात्रै सभापति बनाएको हैन, सिँगो काङ्ग्रेसको फाइदाको लागि बनाइएको थियो तर पार्टी भित्रको गुट उपगुटलाई मलजल हाल्ने काम किन भयो ? आफ्नै क्याबिनेट सन्चालनगरेर धुपौरेहरुलाइ मात्रै प्राथमिकतामा किन राखियो ? भोट चैँ सबैको चाहिने अनि मोज चैं एक्लै गर्नु पर्ने ? पार्टी कैसैको बपौती हैन, र प्राइभेट सम्पती पनि हैन, तमाम जनताको साझा नासो हो।
शेखर कोइरालालाई कार्वाही गर्ने हिम्मत भए गरेर देखाउन च्यालेन्ज गर्छु, सानो मुटुले आट्न सक्दैन, लाखौ समर्थक र सुभेक्षुक को माया पाएर लोकप्रिय बनेका कोइराला एक्ला छैनन। शेखरलाई कार्वाही गर्न तिर गएर इगो साँध्नु भन्दा मुटु नकमाइ अबको ११ महिना भित्रमा १४ औ माहाधिबेसन गराएर देखाउन च्यालेन्ज गर्छु। त्यसपछी को कस्को सामर्थ्य कति छ समयले देखाउने नै छ।
सभापती पद भनेको बालुवाटार र सिँहदरबार पसेर कुर्सिमाथी फुर्ती हाक्नलाई मात्रै होइन दुर दराज, गाउँ बस्ती सम्म पुगेर सबैको दैनिकी र राजनिती अवस्था बुझ्न पनि हो भन्ने हेक्का हुन पर्छ कि पर्दैन????