खेलकुद

बास्केटबलको उपाधि आर्मीलाई

काठमाडौँ । नेपाल आर्मीले शङ्करदेव कप खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।

पुतलीसडकस्थित शङ्करदेव क्याम्पसमा भएको फाइनलमा आर्मीले बूढानीलकण्ठलाई ६८–६० ले पराजित ग¥यो । आर्मीका आशिष बस्नेतले १८ अङ्क जोडे । उपाधिसँगै आर्मीले रु ४० हजार पुरस्कार पायो भने बूढानीलकण्ठले रु २० हजार प्राप्त ग¥यो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी, शङ्करदेव कमिटी, अनेरास्ववियु शङ्करदेव कमिटी र अनेरास्ववियु क्रान्तिकारी शङ्करदेव कमिटीद्वारा आयोजित प्रतियोगितामा आर्मीका आशिष बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । शङ्करदेव ‘ए’का शौरभ श्रेष्ठ सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर सौरभले ९४ अङ्क जोडे । विजेतालाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय महासचिव वचन देउजालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा १२ टोली सहभागी थिए ।