आर्थिक

सिभिल बैंकद्वारा नेपाल आँखा अस्पताललाई टिभि प्रदान

काठमाण्डौ । सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहनगर्ने क्रममा आज एक कार्यक्रमबीच नेपाल आँखाअस्पताललाई एक थान टिभि प्रदान गरेको छ । उक्त टिभि सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादूर घलेलाई हस्तान्तरण गरेका थिए । नेपाल आँखा अस्पतालले हालै निर्माण गरेको विरामी प्रतिक्षालयमा सो टिभि जडान गरीनेछ ।

बैंक यसै समाजमा संचालितहुने हुँदा समाजलाई थोरै नै भएपनि सहयोग गर्न पाउँदा आफूलाई खुशीलागेको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए ।

सिभिल बैंकले आफ्नो स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वका विविध क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।