आर्थिक

एनआई सी एशिया बैंकको नयाँशाखा पावरहाउस चोकमा

काठमाण्डौ । एनआई सी एशिया बैंकको नया साखा खुलेको छ । पोखरा महानगरपालिका वडा नं २९, पावरहाउस चोक स्थित पावर हाउस चोक कास्की शाखाको एनआई सी एशिया बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालबाट आज उद्घाटन भएको हो ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१७ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७३ अर्ब तथाकर्जा रू. १४८ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफलभइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।