राजनीति

सभापति देउवाको दाबी र प्रश्नः काँग्रेस कोईरालाको बिर्ता होईन, म जेल जाँदा उनीहरु काहाँ थिए ?

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोईराला परिवजारले काँग्रेस र लोकतन्त्रका लागि योगदान नगरेको दाबी गरेका छन् । बिरगगञ्जमा जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै आफूबिरुद्ध बोल्नेलाई शुसासनको कारबाही गर्ने संकेत समेचत दिएका छन् । शनिबार गिरिजा प्रसाद कोईराला फाउण्डेशनको कार्यक्रम पर्सामा केन्द्रीय सदस्य डा शेखर कोईरालाले सभापति देउवाको आलोचना गरेको कुराबाट आक्रोशित हुंदै सभापति देउवाले आफूहरु जेल जाँदा डा शेखर लगायत कोईराला परिवारहरु कहाँ थिए भन्ने प्रश्न गेका छन् ?
पुर्ब प्रधानमन्त्री समेत रहेका सभापति देउवाले पार्टीलाई एकढिक्का बनाएर लाने बताएपनि आजको कार्यक्रममा महामन्त्री डा. शसाँक कोईराला, केन्द्रीय सदस्यद्वय डा. शेखर कोईराला र सूजाता कोईराला एक भएर पार्टी सभापति परिवारबाटै लड्ने बताईरहेका बेला उनीहरुसंग रुष्ट हुंदै काँग्रेस कोईरालाको बिर्ता नभएको दाबी गरेका छन् । सभापति देउवाले डा शेखरसंग बढी रिसाएपनि उक्त भनाई डा शेखर, सूजाता लगायत कोईराला परिवारका अन्य सदस्यहरुसंग समेत लक्षित थियो ।
०५१ सालको काँग्रेस महाधिवेशनमा तत्कालीन काँग्रेसका शक्तीसाली सभापति गिरिजा प्रसाद कोईरालासँग निर्बाचन लडेका देउवा पहिले बीपी कोईरालाले काँग्रेसमा स्थापीत गराएका नेता हुन् ।
कोईराला परिवारमात्र नभएर पुर्ब महामनत्ती प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी लगायत अन्य प्रभाबशाली नेताहरु पछिल्लो समयमा सभापति देउवा बिरुद्ध खनिएका बेला सभापति देउवाले कोईराला परिवार बिरुद्ध बोलेका छन् ।