अन्तर्राष्ट्रिय

अफगान राष्ट्रपति र अमेरिकी सेनाका कमाण्डर भेट, शान्ति वार्ताबारे छलफल

काबुल । अफगान राष्ट्रपति असरफ घानीसँग बुधबार अमेरिकी सेनाको केन्द्रीय कमाण्डका उच्च पदाधिकारीले भेटवार्ता गरेका छन् । अमेरिकी सेनाका कमाण्डर जर्नेल जोसेफ भोटेलले भेटवार्ता गरेको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो भेटका क्रममा हालैका दिनमा अफगानिस्तानको शान्ति प्रक्रियाका विषयमा भइरहेका प्रगतिका बारेमा छलफल भएको थियो । उक्त कार्यालयले दिएको जानकारी अनुसार भेटका क्रममा अफगानिस्तान र अमेरिकाबीचको सम्बन्ध, शान्ति प्रक्रिया र त्यसका कारण उत्पन्न परिस्थितिका साथै अमेरिकी सेनाले अफगान सेनालाई गर्ने सुरक्षा सहयोगका बारेमा पनि कुराकानी भएको थियो ।

त्यस अवसरमा अमेरिकी सेनाले अफगान सेनालाई उपलब्ध गराउँदै आएको र गराउने सैन्य सहायताका बारेमा कुराकानी भएको थियो । त्यसैगरी सैनिक सबलीकरणका बारेमा त्यस विषयमा कुराकानी भएको बताइएको छ । पछिल्लो समयमा अफगान शान्ति प्रक्रियाको बारेमा तयारी भइरहेको बताइएको छ । उक्त बैठकमा पनि अपगान राष्ट्रतिले कुराकानी गर्नुभएको समाचारमा जनाइएको छ ।

त्यस अवसरमा हालसम्म अफगानिस्तानमा सशस्त्र द्वन्द्वरत तालिबान समूहसँग शान्ति वार्ताका लागि भइरहेका पहल कदमीको बारेमा कुराकानी भएको बताइएको छ । उक्त शान्ति प्रक्रियालाई अमेरिकाले सघाएको छ । शान्ति प्रक्रियाका लागि अमेरिकाले गरेको प्रयासस्वरुप अफगान सरकार र तालिबान नेतृत्वबीच पनि एक पटक कुराकानी भएको थियो । तर त्यस विषयमा खास प्रगतिको बारेमा भने कुनै जानकारी आएको छैन ।