बाग्मती

टिपर र मोटरसाइकल ठोक्किँदा मृत्यु

भक्तपुर । काभे्रको नालाबाट भक्तपुर तर्फ आउँदै गरेको बा ५ ख ७७ ४७ नं को टिपरले चाँगुनारायण नगरपालिका–९ ताथलीमा आज दिउँसो बा ४० प ५४०४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २९ वर्षीय विशुराज पन्तको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले टिपर र टिपर चालक विनोद तामाङलाई नियन्त्रणमा लिएको छ ।