समाचार

आफ्ना ३० कार्यकर्ता पक्राउपछि विवेकशीलको प्रश्नः शान्तीपुर्ण प्रदर्शनमा समेत पक्राउ गर्नु कस्तो लोकतन्त्रको ?

काठमाण्डौ ।  अख्तियार दुरुपयोग अनुसंधान आयोग अगाडी प्रदर्शन गर्ने विबेशील साझा पार्टीका नेता कार्यकर्ता पक्राउ परेको विवेकशीलले जनाएको छ ।
“अख्तियारः सानो माछामात्र होइन, ठूलो पनि समाउ” भन्दै अख्तियार दुरूपयोग अनुषन्धान आयोग बाहिर प्रदर्शन गर्ने विवेकशील साझा पार्टीका ३० जनाभन्दा बढी प्रदर्शनकारीहरू गिरफ्तार गरिएको उक्त पार्टीको दाबी छ ।

‘हामी ट्र्याफिक अवरोध गर्दैनौं, यो लाइनबाट जान्छौं’ भन्दाभन्दै प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिएको विवेकशीलले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

गिरफ्तार हुनेमा पार्टीकी प्रदेश ३ संयोजक समिक्षा बास्कोटा, केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठ र ललितपुर जिल्ला संयोजक उज्वल कृष्ण श्रेष्ठ रहेका छन्। उनीहरूलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको छ। पक्राउ परेकाहरूलाई तुरून्तै रिहा गर्न विवेकशील साझा पार्टी माग गरेको छ ।

वित्रप्तीका अनुसार, “आमरूपमा सर्वसाधारणले यो सरकार तानाशाही बन्दै गइरहेको छ भनेर त्यसै भनेका होइनन्। भ्रष्टाचार नियन्त्रणका लागि एउटा सशक्त निकाय हुनसक्ने अख्तियारको अगाडि अख्तियारलाई नै सुझाव र सल्लाह दिँदै शान्तीपुर्ण प्रदर्शन गर्दा समेत पक्डिएर लाने भनेको कस्तो लोकतन्त्रको स्वरूप हो?

कि सरकारका पदाधिकारीहरूले हामीले पनि उहाँहरूका सांसदहरूले संसदमा गरेजस्तै बलजफ्ति गरोस् भन्ने चाहानुभएको होरु

उहाँहरू शान्ति होइन, हिंसामात्र बुझ्नु हुन्छ। सदाचार होइन, भ्रष्टाचारमात्र बुझ्नुहुन्छ।

विवेकशील साझा पार्टीको भष्टाचार विरोधी अभियानको यो शुरूवात मात्र हो। विस्तार देख्दै जानुहुनेछ। हामी के गर्छौँ।”