राजनीति

अध्यक्ष बस्नेतको देशभरका तरुणलाई निर्देशनः ओली सरकार बिरुद्ध उत्रन आन्दोलनका लागि तयार रहनुस्

काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका अध्यक्ष बस्नेतले तरुण युवाहरूको काँधमा २००७ सालको उपलब्धिलाई बचाउने समय पुनः आएको विचार ब्यक्त गरेका छन् । अध्यक्ष बस्नेतले नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकार अधिनायकवादी बन्दै गएको भन्दै यसलाई रोक्न तरुणहरुले पुनः योगदान गनुपर्ने समय आएको विचार ब्यक्त गरे ।

जनताको अधिकारका लागि तरुण दलले कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता ब्यक्त गर्दै कम्युनिस्टहरू निरंकशुता र अधिनायकवादका विरुद्ध लड्न तयार रहने अध्यक्ष बस्नेतले देशभरका तरुण दलका कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

महासचिव शाहीले वर्तमान कम्युनिस्ट सरकार हरेक ठाउँमा असफल भएको बताए । ‘महँगी भएको छ, भ्रष्टाचार भएको छ, शान्ति सुरक्षा विग्रिएको छ, निर्मला पन्तका हत्याराहरू पक्राउ पर्न सकेका छैनन्’, उनले भने, ‘कम्युनिस्ट सरकारविरुद्ध तरुण दलले हजारौँको सहभागितामा सात ठाउँमा विशेष प्रदर्शन गरेको छ ।’ तरुण दलको ५ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णय बमोजिम आज फागुन ७ गते काँग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको अन्तरकृया कार्यक्रममा तरुण दलका नेताहरुले ओली सरकारका बिरुद्धमा नयाँ कार्यक्रम लिएर जनताकोमा जाने दाबीगरेका थिए । तरुण दलले देरभरका ७७ वटै जिल्लामा प्रजातन्त्र दिवश भब्य रुपमा पार्टीसंग समन्वय गरेर मनाएको छ ।

कार्यक्रममा महासचिव शाहीपछि उपाध्यक्ष उत्तम चापागाई, कोषाध्यक्ष विद्वान गुरुगं र काठमाडौं उपत्यकाका तरुण दलका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।