समाचार

सर्बसत्ताबाद र निरंकूशताको बादल देखिन थाल्यो, सबै जिम्मेवार बनौं– डा. कोईराला

काठमाण्डौ । नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोईरालाले देशमा आन्दोलनबाट प्राप्त भएको उपलब्धी गुम्ने खतरा रहेको बताएका छन् । आज ६९ औं प्रजातन्त्र दिवशका अवशरमा देशबासीका नाममा शुभकामना दिँदै मूलूक अहिले ईतिहॉसकै संकटपूर्ण अवस्थामा पूगेको टिप्पणी गरेका छन् । लोकतन्त्र, राष्ट्रियता र सार्वभौमिकता संकटमा परेको डा कोइरालाको आँकलन छ ।

डा कोईरालालाई उदृत गर्दै स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जारी गरेको विज्ञप्तीका अनुसार मूलूकमा सर्बसत्ताबाद र निरंकूशताको बादल देखिन थालेको छ, जसले गर्दा शहिदहरूको रगतसॅग साटिएको जन–आन्दोलनका उपलब्धीहरू गूम्ने खत्तरा बढेर गएको विश्लेशण उनले गररेका छन् ।

डा. कोईरालाले चुनौतीपूर्ण घडीमा सबैले थप जिम्मेवार बन्नूपर्ने समय आएको बताउँदै ६९ औं प्रजातन्त्र दिवसको अवशरमा शहिदहरूप्रती श्रद्धासूमन ब्यक्त गर्दै लोकतन्त्रका पक्षमा र जस्तोसूकै निरंकूशताका बिरूद्ध लड्न सक्ने शक्ती प्राप्त होस भन्ने कामना गरेका छन् ।