अन्तर्राष्ट्रिय

सुरक्षा कारबाहीमा नौ जनाको मृत्यु

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा तालिबान लडाकू समूहलक्षित सोमबार भएको सुरक्षा कारबाहीमा कम्तीमा नौ लडाकू मारिएका छन् ।

प्रान्तीय सरकारद्वारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा सोमबार राति भएको यस कारबाहीको क्रममा तालिबान लडाकूका प्रमुख शिविर ध्वस्त भएको जनाइएको छ । यस कारबाहीका बारेमा तालिबानी समूहले भने कुनै टिप्पणी गरेको छैन ।