राजनीति

दुई जनाले हात मिलाएर भन्दा विचार, पद्धति र नीतिमा काँग्रेसको एकता हुनुपर्छः नेता केसी

चितवन । नेपाली काङ्ग्रेसका बरिष्ठ केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशन समयमा नै हुने बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले समय सीमाभित्रै महाधिवेशन गरेर निष्पक्ष पारदर्शी ढङ्गले हुनुपर्ने बताए । महाधिवेशनपछि पार्टीलाई नेतामुखी नभई नीतिमुखी, विधिमुखी नभइ संस्थामुखी र पारदर्शी बनाउन काङ्ग्रेसको ध्यान केन्द्रित रहेको उनले जानकारी गराए । काङ्ग्रेसले महाधिवेशनपछि राष्ट्रव्यापी कार्यक्रम शुरु गर्ने नेता केसीले बताए ।

काङ्ग्रेसभित्र ठूलो सुधार र एकताको आवश्यकता रहेको उनको भनाइ छ । उनले भने, “एकता भन्दैमा दुई जनाले हात मिलाएर हिँड्दैमा नभइ विचार, पद्धति, मूल्य र नीतिगत रुपबाट वैधानिक प्रक्रियाबाट एकता हुनुपर्छ ।”