राजनीति

रचनात्मक र श्रृजनात्मक काम गरि प्रजातन्त्र दिवश मनाउन ७७ वटै जिल्लालाई तरुण दलको परिपत्र

काठमाण्डौ । नेपाली काँग्रेसको सशक्त भातृसंस्था नेपाल तरुण दलले ६९ औं प्रजातन्त्र दिवशको अवशरमा काठमाण्डौमा भब्य कार्यक्रम गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा अन्तरकृया कार्यक्रम गर्ने बैठकको निर्णय भएको महासचिव भुपेन्द्रजंग शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ । दिउँसो १२ बजे शुरु हुने उक्त कार्यक्रममा उपस्थितिका लागि उक्त युवा संगठनले उपत्यकाका तरुणहरुलाई सार्र्बजनिक रुपमा आग्रह समेत गरेको छ ।

आईतबार बसेको तरुण दलको केन्द्रीय समिति बैठकले फागुन ७ गते प्रजातन्त्र दिवश मनाउने निर्णय गर्दै उक्त दिन ७७ वटै जिल्लाका तरुण दल कमिटीहरुलाई रचनात्मक र श्रजनात्मक कार्यक्रम गर्ने तथा पार्टीले आयोजना गरेका कार्यक्रमहरुमा सहभागीता जनाउदै भब्य रुपमा मनाउन परिपत्र समेत गरेको छ ।

२००७ साल फागुन ७ गते प्रजातन्त्र आएको भन्दै नेपालमा प्रजातन्त्र दिवश मनाउने गरिएको अनुसार प्रजातन्त्रको गुरु मानिएको नेपाली काँग्रेसले भोली प्रजातन्त्र दिवश मनाउने निर्णय गरेसँगै तरुण दलले पनि उक्त दिवश मनाउन देशभर आफ्ना मातहतका जिल्लाका उयुवालाई सकृय गराएको हो ।