राजनीति

पशुपति शर्माको गीत युट्युबबाट हटाएर ओली सरकार निर्वस्त्र देखियोः नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्र्रीय सदस्य धनराज गुरुङ नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकार नाङ्गै भएको दाबी गरेका छन् । युवा नेता गुरुङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वाईडबडीमा भएको भ्रष्टाचार छानबिन गर्न बनाएको समिति लाई नाटकको संज्ञा दिदै ओली सरकारसंग आक्रमक रुपमा प्रश्तुत भएका छन् । भ्रष्टाचारका बिरुद्धमा काँग्रेसबृतमा खरो रुपमा प्रश्तुत हुने नेता गुरुङले पशुपति शर्माले युट्युवमा राखेको गीत हटाएर गलत गरेको कुरा राख्दै असन्तुष्टी पाखेका छन् ।

उनले राखेको स्टाटस जस्ताको तस्तै, ‘वाइडबडी भ्रष्टाचार काण्डमा फसिने भएपछि छानविन आयोग गठनको नाटक गर्यौ  । आयोगमा राखिएकाहरुलाई पत्र नै नदिइकन आयोगको ४५ दिने म्याद सिध्यायौ। यस्तै दर्जनौं लुटतन्त्रका बिरुद्व उठेको एउटा कलाकारको अवाजलाई युट्युबबाट हटाउन लगायौ। यति साह्रै निर्वस्त्र किन सरकार ?’