बाग्मती

एड्वाइज् फाउण्डेसनद्वारा एक दिने शैक्षिक मेला

काठमाडौँ । एआइआरसीबाट प्रमाणित शैक्षिक संस्था एड्वाइज् फाउण्डेसनले भोलि फागुन ७ गते काठमाडौँमा एक दिने भव्य शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

उक्त मेलामा उच्च शिक्षा अध्ययन गर्न संयुक्त राज्य अमेरीका जान चाहने विद्यार्थीहरुका लागि आवश्यक पर्ने सम्पुर्ण ठोस र वास्तविक जानकारी दिइने आयोजकले जनाएको छ । काठमाडौँको रोयल सिंगी होटल, कमलादिमा हुने उक्त मेलामा संयुक्त राज्य अमेरीकाको प्रमुख अनुसन्धनात्मक १५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहनेछ ।

मेला बिहान १० बजेदेखि बेलुका ५ः०० बजे सम्म सञ्चालन हुनेछ । उक्त मेलामा उपस्थित हुने विश्वविद्यालयहरुले स्नातक, स्नातकोत्तर र डक्टरेट डिग्रीमा गरी ३०० भन्दा बढी मेजर विषयहरुमा अध्यापन गराउने गरेका छन् ।

विद्यार्थी र अभिभावकहरु उक्त शैक्षिक मेलामा सहभागी भई विश्वविद्यालयहरुको प्रतिनिधिरुसँग प्रत्यक्ष कुराकानी गरेर विश्वविद्यालय र कलेजहरुले लिने भर्ना र छात्रवृति सम्बन्धित जानकारीहरु लिन सक्ने आयोजकले जनाएको छ । एड्वाइज् फउण्डेशनले मेलामा सहभागिहरुलाई विषेश छुट सहित सेवा प्रदान गर्नेछ ।