आर्थिक

तयारी पोशाक संघको अध्यक्षमा पुनः अर्याल, महासचिवमा अग्रवाल

काठमाण्डौ । नेपाल तयारी पोशाक संघको हालै सम्पन्न २७ औं बार्षिक साधारण सभाले चण्डीप्रसाद अर्यालको अध्यक्षतामा ११ सदसियनयाँकाय समिती चयन गरेको छ । जसको उपाध्यक्षमा ईमान सिं लामा, भुपेन्द्र कुमार बस्नेत, महासचिव असोक कुमार अग्रवाल, सह–सचिव पशुपति देव पाण्डे, कोषाध्यक्ष संजय कुमार अग्रवाल रहेका छन् ।

यस्तै सदस्यहरुमा क्रमशः सोमनाथ बस्याल, भिमकुमार गीरी, बसन्तराज अधिकारी र कृष्ण प्रसाद पाण्डे र राहुलमान शाक्य रहेको संघले जनाएको छ । सो साधारण सभाको उद्घाटन अर्थमन्त्रि डा. युवराज खतिवडाले गरेका थिए । कार्यक्रममा नेपालउद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, बिशिष्ट सदस्य चण्डिराज ढकाल, सिएनआईका सदस्य हरिभक्तशर्मा लगायतले नपालीगार्मेन्ट उद्योगको बर्तमान अवस्था, यसका सम्भावना र चुनैतिका बिषयमा आफ्नो धारणा राखेका थिए ।