आर्थिक

आइएमईका प्रमुख कार्यकारी अधिकृत पोखरेल उत्कृष्ट म्यानेजर अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल व्यवस्थापन संघले आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई वर्षकै उत्कृष्ट म्यानेजरबाट सम्मानित गरेको छ । सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजधानी काठमाडौंमा आयोजित नेपाल व्यवस्थापक संघको ३८औँ साधारण सभामा पोखरेललाई उक्त सम्मान प्रदान गरेका हुन् ।

वर्षभर संस्थाको नेतृत्व गर्दा देखाएको कौशलताका आधारमा आइएमईका प्रमुख कार्यकारी अधिकृत (सीइओ) पोखरेललाई सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।  सम्मान ग्रहणपछि संक्षिप्त मन्तब्य दिँदै पोखरेलले आफुलाई प्राप्त भएको सम्मानले समस्त युवा पुस्तालाई प्रेरणा प्रदान गरेको बताउँदै सामाजिकर देश विकासको कार्यमा आफु र आफ्नो पुस्तालाई थप उत्प्रेरणा प्रदान गरेको उल्लेख गरे । यो सम्मानको पृष्ठभूमि आफ्नो कर्मक्षेत्र आइएमईमै भएको जनाउदै आइएमईको संचालक समिति, आइएमई ग्रुपमा कार्यरत सहकर्मी मित्रहरू र आयोजक संस्था ‘म्यान’ लाई धन्यवाद ब्यक्त गरे ।

नेपाल रेमिटर्स एसोसिएसन (एनआरए) का अध्यक्ष समेत रहेएका पोखरेले विगत आठ वर्षदेखि आइएमईको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन् । आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ९२ आईएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ४ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालले दुःखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको बताए ।