आर्थिक

सनराईज बैंक र गरिमा विकास बैंक बीच व्यापार साझेदारी सम्झौता

काठमाडौं । सनराईज बैंक र गरिमा विकास बैंक बिच व्यापार साझेदारी सम्झौता सनराईज बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । यस सम्झौता पश्चात् सनराईज बैंकका सबै शाखाहरु मार्फत गरिमा विकास बैंकका कुनै पनि ग्राहकहरुले राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरका प्रतितपत्र, टि.टी., ड्याप/डिएए तथा क्रेडिट कार्ड लगायत अन्य विदेशी विनिमयसँग सम्बन्धित सुविधाहरु निर्वाध रुपमा प्राप्त गर्ने सक्ने छन् ।

यसबाट गरिमा विकास बैंकका ग्राहकको बैंकि¨ सम्बन्धी सम्पूर्ण आवश्यकताहरु सहजरुपमा पुरा हुने विश्वास बैंकले लिएको छ ।

सम्झौतापत्रमा सनराईज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र गरिमा बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात् दुवै बैंकले आफ्नो ग्राहकमाझको पहुच फराकिलो हुने पनि बताएका छन् ।