बाग्मती

पाच लाख विद्यार्थीलाई नेविसंघको सदस्य बितरण गर्छुः शाह

काठमाडौं । नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले आफुलाई पार्टीले नेपाल विद्यार्थी संघको तदर्थ समितिको सभापति बनाए नेपाल विद्यार्थी संघलाई प्राइभेट क्याम्पसका विद्यार्थी सम्म पुर्याउने बताएका छन। ईन्टरनेटको प्रयोग गरेर नेपाल विद्यार्थी संघलाई डिजिटलमा रुपान्तरण गरेर नेपाल विद्यार्थी संघको सदस्यता प्राइभेट क्याम्पसका विद्यार्थीहरुमा पुर्याउने शाहको योजना रहेको छ। आज राजधानीमा एकताबद्ध नेबिसंघका लागि साझा अभियान कार्यक्रमको शुभारम्म गर्दै नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपाल विद्यार्थी संघलाई एकतावद्ध बनाएर हाक्न आफू तयार भएको बताएका छन् ।

आफुले नेपाल विद्यार्थी संघलाई शैक्षिक, राजनीति र समाजिक एजेन्डामा महत्त्वपुर्न योगदान दिएको भन्दै शाहले पार्टीले अब नेपाल विद्यार्थी संघको नेतृत्व आफुलाई दिनु पर्ने पनि जिकिर गरे। कार्यक्रमको समेजकत्व ल क्याम्पसका नेपाल विद्यार्थी संघका नेता सुरज सेजुवालले गरेका थिए। कार्यक्रममा नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पुष्प कुमार शाही, निवर्तमान सह महामन्त्री बद्री मुडभरी, महेश्वरी कुँवर, प्रेम राज जोशी, निवर्तमान केन्द्रिय सदस्यहरु प्रेम शाही, पदम भट्टराई, चन्द्र बिक, सिर्जना भट्ट, मदन भन्डारी, नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य लिला बल्भ दहाल, भरत भट्ट, गोकर्ण चन्द, लोकेन्द्र रोकाय नेपाल विद्यार्थी संघका बिभिन्न जिल्ला सभापति, स्ववियु सभापति,विभिन्न क्याम्पसका इकाई सभापति सहित नेपाल विद्यार्थी संघका तीन सय नेताहरू सहभागीता रहेको थियो। कार्यक्रममा आफ्ना धारणा राख्ने नेताहरूले अबको नेपाल विद्यार्थी संघको नेतृत्वमा ऋषिकेश जंग शाहको विकल्प नरहेको बताएका थिए।