समाचार

४ रेक्टरको भुकम्पको झड्काले हल्लायो काठमाण्डौ

काठमाण्डौ । काठमाण्डौमा भर्खरै भूकम्पको धक्का महशुस भएको छ । अहिले ८.३४ बजे राती काठमाण्डौ केन्द्र भएर ४ रेक्टरस्केलको धक्का गएको भूकम्प मापन केन्द्रले जनाएको छ । ०७२ साल बैसाख १२ गतेको महाभूकम्पपछि भूकम्पको धक्का आउने क्रम रोकिएको छैन । सानो स्केलमा भुकम्प मापन भएपनि आजको झड्का ठूलै देखिएको थियो ।