प्रदेश 1

गणेशमान प्राविधिक शिक्षालय निर्माण शुरु

सुरुङ्गा । झापाको शिवसताक्षी नगरपालिकामा रु सात करोडको लागतमा गणेशमान प्राविधिक शिक्षालय निर्माण शुरु भएको छ । प्राविधिक शिक्षालयअन्तर्गत पोलिटेक्निक कलेजको भवन शिलान्यास गर्दै पाँच बिघा क्षेत्रफलमा १०० श्याको अस्पताल र पार्क निर्माण शुरु गरिएको प्रतिष्ठानका अध्यक्षका अध्यक्ष सन्तोष मेयाङ्बोले जानकारी दिए ।

प्राविधिक शिक्षालय सञ्चालनका लागि गत वर्ष सो क्षेत्रमा महायज्ञ लगाइएको थियो । महायज्ञबाट झण्डै रु तीन करोड १४ लाख सङ्कलन भएको प्रतिष्ठानका कोषाध्यक्ष गणेश प्रधानले जानकारी दिए । बाँकी रकम नेपाल सरकार, नगरपालिका, उद्योगी व्यवसायी, विभिन्न सङ्घ संस्थाबाट सहयोग प्राप्त हुने बताइएको छ ।

नगरक्षेत्रमा बन्न लागेको प्राविधिक शिक्षालयले नगरकै मुहार फेर्ने नगरप्रमुख चन्द्रकुमार शेर्माले बताए । आफ्नो नगरमा यस खाले प्रतिष्ठान स्थापना भएर काम शुरु हुनु नगरवासीकै लागि गौरवको विषय भएको नगरप्रमुख शेर्माले भने ।