आर्थिक

स्टकका पाँच कम्पनीका शेयर सूचीकृत

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार एनसिसि बैंकको ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद शेयर सूचीकृत भएका छन् । यस्तै जानकी फाइनान्स लिमिटेडको आठ लाख ८७ हजार ४६६ कित्ता शेयर लाभांश, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २० लाख कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।

स्टकका अनुसार बेस्टर्न डेभलपमेन्ट बैंकको सात लाख ४७ हजार ५६१ कित्ता शेयर लाभांश र मुक्तिनाथ विकास बैंकको ४७ लाख २९ हजार ९६८ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । साताभर शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक १४.६५ विन्दुले घटेको छ ।

यस्तै यस साता एभरेष्ट बैंकको संस्थापक शेयर सबैभन्दा बढी कारोवार भएको छ । सो बैंकको रु एक अर्ब ९१ करोड ७६ लाख बराबरको कारोवार भयो । यस्तै दोस्रोमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु ६२ लाख बराबरको कारोवार भएको छ । यस्तै प्रभु बैंक, सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक, प्रभु बैंक लिमिटेको संस्थापक शेयर, नेपाल बैंक लिमिटेड र माछापुच्छ्रे बैंकको शेयर बढी कारोबार भयो ।

बजार पूँजीकरणमा भने नेपाल टेलिकम नै अग्रस्थानमा रहेको छ । सो संस्थाको रु एक खर्ब चार अर्ब २५ करोड बराबरको बजार पूँजीकरण रहेको छ । यस्तै नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टड बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआइसि एशिया बैंक, नेपाल एसबीआई बैंक र एनएमबी बैंक रहेका छन् ।