राजनीति

अध्यक्ष बस्नेतको निर्देशनः ओली सरकारको अन्याय, अत्याचार र भ्रष्टाचारका विरुद्धमा लड्न तयार रहनुस्

धुलिखेल । नेपाली काँग्रेसको शसक्त भाृसंस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले समाजमा देखिएको अन्याय, अत्याचार र भ्रष्टाचारका विरुद्धमा लड्नका लागि तरुण दलका नेता कार्यकर्तालाई तयार भएर बस्न निर्देशन दिएका छन् । अध्यक्ष बस्नेतले काभ्रेमा चलिरहेको काठमाण्डौ महानगरपालिकाको तरुण प्रशिक्षण कार्यक्रममा बोल्दै जुनसुकैबेला काँग्रेस र तरुण दलले नेकपा नेतृत्वको केपी शर्मा ओली नेतृत्वको सरकारका बिरुद्धमा उत्रन तयार। रहन निर्देशन दिएका हुन् ।

नेपाल तरुण दल काठमाडौँ महानगर समितिले काभ्रेपलाञ्चोकको बनेपामा आजबाट आयोजित दुईदिने ‘नेतृत्व विकास एवं क्षमता अभिवृद्धि’ प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिने क्रममा अध्यक्ष बस्नेत ओली सरकारप्रति आक्रोशित रुपमा प्रश्तुत भएका थिए । कार्यक्रममा काँग्रेस पुर्ब महामन्त्री प्रकाशमान सिंह, धनराज गुरुगं लगायतका नेताहरुको उपस्थिति थियो ।

कार्यक्रममा तरुण दल काठमाडौँ महानगर समितिले आयोजना गरेको नेतृत्व विकास एवं क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रममा महानगरका ३२ वटा वडाका तरुण दलका अध्यक्ष र सचिवको उपस्थिति रहेको आयोजकले जनाएको छ ।