आर्थिक

माछापुच्छ्रेका रियल टाइममा खाता खोल्नमिल्ने थप पाँच शाखा

काठमाडौँ । माछापुच्छ्रे बैंकले चितवन, तनहुँ, लमजुङ, बागलुङर काठमाडौंमा पाँच शाखा रहित बैंकिङ्ग सेवा एकै पटक संचालनमा ल्याएको छ । बैंकले चितवनको इच्छा कामना गाउँपालिका (मुग्लिङ्ग) स्थित फिस्लिङमा, तनहुँको म्याग्दी गाउँपालिका स्थित तार्पुमा, लमजुङको मध्य नेपाल नगरपालिका स्थित दुइ पिप्लेमा, बागलुङको काठेखोला गाउँपालिका स्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटी,पिपलबोटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइ रहेको छ । यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ६१ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ । बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु लगायत ६१ शाखा रहित बैकिङ्ग सेवागरी जम्मा १५४ स्थानबाट ग्राहक महानु भावहरुमा सम्पुर्ण बैकिङ्ग सुविधा प्रदान गरीरहेको छ । साथै, बैकको देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।