आर्थिक

प्रेस युनियन र आइएलओबीच छलफल

काठमाडौँ । नेपाल प्रेस युनियन र अन्तर्राष्ट्रि«य श्रम सङ्गठन (आइएलओ) प्रतिनिधिबीच आप्रवासन नेपाली कामदारका चुनौती समाधान सम्बन्धमा छलफल भएको छ । युनियन केन्द्रीय कार्यालयमा आज आइएलओका प्रतिनिधि र युनियन पदाधिकारीबीच छलफल भएको थियो । सो अवसरमा आइएलओ जेनेभाकी प्राविधिक अधिकृत लू टेसिएरले नेपालमा वैदेशिक रोजागारका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न एक शैक्षिक सामग्रीको आवश्यकता रहेको बताए ।

साथै उनले यस्ता समस्या समाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सन्तुलित र खोजी समाचार प्रोत्साहनमा युनियनको भूमिकाको आवश्यकता रहेको विचार व्यक्त गरे । आइएलओ नेपालका राष्ट्रिय परियोजना संयोजक नेहा चौधरीले वैदेशिक रोजागारका क्षेत्रमा देखिएका समस्याको सन्तुलित समाधानमा सहयोग पुग्ने गरी आफ्नो संस्थाले एक शैक्षिक सामग्री तयार गर्ने बताए ।

युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपालमा देखिएको आप्रवासी कामदारका समस्या उजागर गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले श्रमजीवी पत्रकारको हकहितमा काम गर्दै आएको आफ्नो संस्था यस विषयमा आइएलओसँग मिलेर काम गर्न इच्छुक रहेको धारणा व्यक्त गरे ।

युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले आप्रवासी नेपाली कामदारका विद्यमान समस्या सरोकारवालासमक्ष पु¥याउन र सञ्चारमाध्यमले ग्रामीण क्षेत्रसम्म सचेतना फैलाउन यथार्थ सूचना प्रवाह गर्ने भएकाले सञ्चारकर्मीको क्षमता अभिवृद्धि पनि आवश्यक रहेको बताए । कार्यक्रममा युनियन उपमहासचिव भीष्मराज ओझा र केन्द्रीय सदस्य कल्पना शर्माले युनियनले मुलुकभर गर्दै आएका काम कारवाहीका बारेमा प्रकाश पार्दै युनियनले श्रमजीवीका हकहितमा कहिल्यै सम्झौता नगर्ने धारणा व्यक्त गरे ।