राजनीति

संशोधन मस्यौदा समितिको समयावधि १५ दिन थप

काठमाडौँ । राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिको समयावधि १५ दिन थप गरेको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकमा सो समितिका सभापति परशुराम मेघी गुरुङले समितिको म्याद थपसम्बन्धी प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावलाई सांसदद्वय वृन्दादेवी आलेमगर र प्रमिला कुमारीले समर्थन जनाएका थिए ।

राष्ट्रियसभाको विसं २०७५ पुस १३ गते बसेको बैठकले सो मस्यौदा समिति गठन गरेको थियो । समितिको पहिलो बैठक पुस २९ गते बसेको थियो । समितिको समयावधि हालै समाप्त भएको थियो ।