समाचार

नेविसङ्घको नयाँ अध्यक्षसहितको तदर्थ समिति बनाउने अन्तिम तयारीमा काँग्रेसमा गम्भीर बहस

काठमाडौँ । नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति बनाउने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी सङ्घको केन्द्रीय समिति गठन गर्न सक्ने निर्णय गरेको हो ।

गत माघ २ गते कार्यकाल समाप्त भएसँगै सङ्घको केन्द्रीय समिति हाल विघटित अवस्थामा छ । सङ्घका अध्यक्ष नैनसिंह महरले गत माघ २८ गते पदबाट राजीनामा दिएका थिए र सोही दिन उनको राजीनामा स्वीकृत भएको थियो ।

बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा पार्टीको महासमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव सुझावसहित परिमार्जन गरी पेश गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काङ्ग्रेसको महासमिति बैठक गत मङ्सिर २८ पुस ८ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो । साथै भ्रातृ संस्था नेपाल आदिवासी जनजाति सङ्घ र शुभेच्छुक संस्था प्रजातान्त्रिक वन प्राविधिक सङ्घ–नेपालद्वारा स्वीकृतिका लागि पठाइएको विधान छलफलका लागि बैठकमा पेश भएको छ ।

बैठकमा आज केन्द्रीय सदस्य बालकृष्ण खाण, रमेश रिजाल, महेन्द्र यादवखेका थिए । केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।