खेलकुद

दिदीबहिनी भलिबलको उपाधि एपिएफलाई

पर्वत । तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

लिग कम नकआउटका आधारमा बुधबार सम्पन्न फाइनल खेलमा एपिएफले न्यू डायमण्ड एकेडेमीलाई ३–० सेटले पराजित गरेको हो । एफिएफले २५–१८, २६–२४ र २५–२१ अङ्कले हराएको हो । एपिएफले रु दुई लाख तथा उपविजेता न्यू डायमण्ड एकेडेमीले रु एक लाख पुरस्कार पाएको छ । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रतियोगितामा तेस्रो भयो । पुलिसले आर्मीलाई २५–१८, ३१–२९ र २५–१६ अङ्कले हराएको हो । रेडियो दिदीबहिनीले आयोजना गरेको ११औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवका अवसरमा सो भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।