आर्थिक

कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा बस्नेत

काठमाण्डौ । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रबिन बस्नेत नियुक्ति भएका छन् । विकास बैंकको २६५ औ संचालक समितिको बैठकको निर्णय अनुसार आज देखि लागु हुने गरि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकउन्टेन्ट प्रविण बस्नेतलाई नियुक्त गरिएको हो ।

विगत१८ वर्ष कार्यानुभव मध्ये १३ वर्षदेखि विभिन्न वाणिज्य बैंकहरुको महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव सहित यही भदौदेखि कामना सेवा विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा प्रवेश गरेका थिए । २०७५ साल मङ्सिर ८ गते देखि कामु। प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकलाई नेतृत्व दिँदै आएका बस्नेत यस अघि नविल बैंक, एनबी बैंक, एनआइसी एशिया बैंक र माछापुच्छ्रे बैंकमा आवद्ध रहेका थिए । बस्नेत बैंकिंग क्षेत्रमा कन्ट्रोल्डएग्रेशनसहितको नवीनतम प्रणालीको प्रयोग गर्दै यसक्षेत्रलाई नँया उचाईमा पुर्याउनु पर्छ भन्ने मान्यता राख्छन् ।

काठमाण्डौ – ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले सेवाग्राही सहजतालाई शिरोपर गर्दै तथा उत्कृष्ट जनशक्ति सहायताबाट गुणस्तरीय ग्राहकमुखि सेवाहरु देशको विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा एटिएम् मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको विकास बैंकले जनाएकोे छ ।