आर्थिक

सिभिल बैंक र सानीमा लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सानीमा लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्य र सानीमा लाइफ इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक शिवराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।

अब सानीमा लाइफका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।

सिभिल बैंकले यस अघि पनि जीवन वीमा कम्पनीहरु तथा निर्जीवन वीमा कम्पनीहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।