अन्तर्राष्ट्रिय

पोल्याण्डमा अमेरिकी सेनाको उपस्थितिबारे द्विपक्षीय वार्ता

वार्सा । अमेरिकी र पोल्याण्डका विदेशमन्त्रीबीच संयुक्त राज्य अमेरिकाको सेना पोल्याण्डमा उपस्थितिका बारेमा द्विपक्षीय छलफल भएको छ ।  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र पोलिस विदेशमन्त्री जेस के चापुतोविचबीच उक्त विषयमा बुधबार वार्सामा द्विपक्षीय वार्ता भएको जनाइएको छ ।  हामी दुई जनाबीच यस विषयमा छफफल भएको छ र आगामी दिनमा पनि यो वार्ताले निरन्तरता पाउने अपेक्षा गरिएको छ– पोलिस विदेशमन्त्री जेस के चापुतोविचले बताए ।

उनले आगामी दिनमा यस विषयमा राजनीतिक वार्ताहरु निरन्तर रहने जानकारी पनि पोलिस विदेशमन्त्रीले जानकारी दिएका छन् ।
उनीहरु दुई जनाबीच बुधबार नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन्स् (नेटो) को अमेरिकी सेनाहरु रहेको स्थानमा पनि भेटवार्ता हुने भएको छ । उक्त स्थान पोल्याण्डको उत्तरी क्षेत्रमा पर्दछ । उक्त स्थानमा मध्यपूर्वी देशका समस्याहरुका बारेमा सम्मेलन हुने भएको छ । उक्त सम्मेलनमा नेटो देशका पनि केही देशका विदेशमन्त्रीहरु रहने अनुमान गरिएको छ ।

पोल्याण्डले आफ्नो देशमा अमेरिकी सेनाको स्टेशन राख्न प्रस्ताव गरिरहेको छ । उक्त स्टेशन स्थायी प्रकृतिको हुने, सो क्षेत्रमा अमेरिकी सेनाहरु रहने प्रस्ताव पोल्याण्डको रहेको छ । त्यसका लागि अमेरिकाले पोल्याण्डलाई करिब दुई अर्ब अमेरिकी डर बराबरको आर्थिक सहायता दिनुपर्ने छ । केही समयअघिदेखि पोल्याण्डले अमेरिकालाई यो प्रस्ताव गरेको हो । पोम्पेओ हाल युरोपको भ्रमणमा छन् । उनले युरापेली देशहरु हंगेरी र स्लोभाकिया र पोल्याण्डको भ्रमणमा निस्किएका छन्। यस क्रममा उनी बुधबार पोल्याण्ड पुगेका हुन् ।