समाचार

मलेशियाका लागि नेपाली राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मलेशियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई नियुक्त गरेकी छन्।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले पाण्डेलाई आज नियुक्त गरेएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।