कृषि

उन्नाइस किसान सम्मानित

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाको चौथो गाउँसभाद्वारा १९ किसान सम्मानित भएका छन् । गाउँपालिकाले कृषि क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मानित गरेको हो । समाजका बेरोजगार युवालाई कृषि पेशामा आकर्षित गर्न सफल त्यस्ता नमूना किसानलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । नगद तथा सम्मानपत्र हस्तान्तरण गर्दै अध्यक्ष कार्कीले समाजमा नमूना बन्दै स्थानीय तहको समृद्धिका लागि सहयोगी बन्न अनुरोध गरे ।

उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुनेमा रैनादेवी छहरा गाउँपालिका–५ काधनबहादुर पुन, सन्तोष सार्की, नारायणबहादुर कार्की, रैनादेवी छहरा गापा–३ का पुरुषत्तोम पोखरेल, सुन्तला खेतीतर्फ रैनादेवी छहरा–३ काखिमबहादुर दर्लामी, ४ का भोजराज घिमिरे, ५ का नारायणबहादुर कार्की रहेका छन्। दालचिनी खेतीतर्फ रैनादेवी छहरा गाउँपालिका– ८ का दानबहादुर केसी, कली परियार, वडा नं ७ का कुलबहादुर कार्की, कफीतर्फ रैनादेवी छहरा गाउँपालिका–८ का भगबहादुर थापा, वडा नं ७ का बलबहादुर लम्तरी र नारायणबहादुर कार्की, बाख्रापालनतर्फ रैनादेवी छहरा गाउँपालिका–८ का बुद्धिबहादुर राना, वडा नं २ का नारायणबहादुर पोखरेल, वडा नं १ की हेमा रेश्मी, वडा नं ५ का चन्दबहादुर खड्का रहनुभएको छ ।

दुग्ध उत्पादनतर्फ रैनादेवी छहरा–२ रेखीराम पोखरेल, अर्जुनप्रसाद पोखरेल र वडा नं ५ का होमनाथ पौडेल रहनुभएको सूचना अधिकारी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए। रैनादेवी छहरा गाउँपालिका–५ नं वडाका कार्यालय सहयोगी अम्बरबहादुर रायमाझी पनि सम्मानित भएका छन्। सम्मानितहरुले रु पाँच हजारदेखि नौ हजारसम्म नगद पुरस्कार पाउन सफल भएका छन् । गाउँपालिकाअन्तर्गत कृषि विकास शाखाको सहयोगमा गाउँपालिकाले किसानलाई सम्मान गरिएको गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले बताए ।