बाग्मती

दुई तिहाईको कम्युनिस्ट सरकारले जनमत गुमाई सकेको छः ऋषिकेश शाह

काठमाडौं । नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले अहिलेको दुई तिहाईको सरकारले जनमत गुनाएको आरोप लगाएका छन। सगरमाथा टेलिभिजनको सगरमाथा विशेषमा आफ्ना धारणा राख्दै नेपाल विद्यार्थी संघका नेता शाहले नेपाल कम्युनिस्ट पार्टी नेतृत्व सरकारले जनताले अपेक्षा गरे अनुसारको काम गर्न नसकेको पनि बताएका छन्।

शाहले सरकार यति नाङ्गी सकेको छ कि तर पनि कांग्रेसले आन्तरिक बिवादका कारण सरकारको त्यो नाङ्गो रुपलाई जनता माझ ल्याउन नसकेको पनि जिकिर गरे। यतिबेला हामी आफ्नै बिवादमा रुमली रहेका छौ, यो सरकारका कान्डहरुलाई हामीले जनता सामु लगेर जान सकेका छैनौ कांग्रेसले तत्काल त्यता तिर ध्यान दिनुपर्ने शाहको भनाई छ।