विचार/ब्लग

भ्यालेन्टाइन डे र संगै पढ्ने आइमाई साथी..

कुरा सन् २००५ फेब्रुअरी १४ तारिखको हो वास्तविक घटना भएकोले व्यक्तिगत जिबनमा असर पर्ला भनेर यहाँ कुनै प्रकारको परिचय खुलायको छैन, संगै पढ्ने एक जना आइमाई साथीलाई एपेन्डिक्स भएर अपरेसन गरि घरमै बिश्राम गरेको थाहा भयो । उनलाई भेट्न जानको लागि म र अर्को एउटा केटी साथी जाने कुरो भयो ।

अघिल्लो दिनमै भेट्ने र जाने समयको फोन मार्फत टुंगो लगाईयो । भोलिपल्ट म भेट्ने ठाउँमा पुग्दा उनि अगाडिनै आएर त्यो चौरको बिश्राम गर्ने कुर्शीमा बसेकी थिईन्। म पुग्ने बित्तिकै अलिकति हिडेर रोप लाइनको बाटो एउटै बसबाट जाने वा टियु गेट तर्फबाट दुइटा बसमा जाने भन्ने कुरोको छलफल भयो । उनको चप्पल पातलो र हिड्ने बाटो अलिक हिलो हुनाले दुर्इ वटा बस चढेर जाने निधो गरियो । हामी हिड्दै त्रिभुवन बिस्वबिध्यालयको सुबर्ण समशेरको सालिक नेर के पुगेका थियौं । केटाहरु होस्टेलको गेटमा नाङ्ग्लामा गुट्खा, चुरोट र खैनी बेच्ने आवई वरिपरि घेरियर बसेका थिए । यस्तैमा एउटा केटो प्वाक्क बोल्यो, ‘इट्स ए भ्यालेन्टाइन डे’, सुकुमार, पातली अनि सर्लक्क जिउ देखेर होला अंगुर देखेर फ्याउरोले र्याल काढे झैं बोल्यो । यो आबाज उनको कानमा के परेथ्यो उनको ब्यबहारमा १८० डिग्रीको परिबर्तन देखियो । ‘लाआ आज भ्यालेन्टाइन डे रहेछस मलाइ त थाहै थिएन। अब कुनैले चिनेभने, आजको दिनमा तिमीसंग हिँडेको देखें भने के भन्लान् ? उनि सुस्ताइन् ! मैले भने ‘तिमीलाई अप्ठ्यारो पर्छ भने फर्केर घर जाऊ भोलि जाउँला भेट्न’ ।

म केटा भएकोले केहि असर नपर्नु भन्ने होइन मलाई यो दिनको महत्व र सांस्कृतिक चेतना नै मतलब भएन । त्यहि हुनाले अरु दिन जस्तै मेरो लागि त्यो दिन पनि सामान्य नै थियो र लाग्यो, मैले उनलाई संगै पढ्ने एउटा केटि साथी बाहेक अन्य रुपमा आफ्नो अबचेतन मनमा पनि सोचिन वा सोचेको थिइन् । अक्क न बक्क को स्वरमा उनि बोलिन, ‘भोलि त हुन्न बाइ एक्जाम आउन लागेको छ’ । मलाइ उनको मनस्थितिमा भ्यालेन्टाइन भन्ने शब्द र दिनले पारेको अबधारानात्मक कुराको अबलोकन हेर्नु बाहेक केहि भएन । त्यहि दिनमै भेट्न जाने निधो गरे पछि उनि ले भनिन,’अब हामी एक अर्कालाई नचिने झैं गरि हिडौं है’ । मैले उनको अनाबस्यक डर र म प्रति गरेको व्यवहार देखेर भित्र भित्रै रिसले चुर भएको भए पनि हुन्छ भनेर मुन्टो हल्लाय । हतारमा बस चढेकी उनि बोलिन, ‘तिमि त्यहाँ बस म यता बस्छु’ । बिना बोलचाल उनि साथीको घर सम्म पुगिन मलाई पनि कस्तो परिस्थिति र मनस्थितिको सामना गर्नु पर्यो भन्ने लाग्यो । स्वयम्भुमा बसबाट ओर्लेपछि पनि लगभग १० मिनेट पैदल हिड्नु थियो ।

भ्यालेन्टाईन कार्ड

म कुनै वास्ता नगरी अगाडी लम्के उनी झुक्किने ठाउँमा देखिएर हेर्दै नहेरी साथीको घरमा पुगियो । जहाँ म एक पटक पहिले पनि गाको थिए । साथीको घर भित्र पसेपछि भने उनको डर अलिक मथ्थर भएको कुरा उनका हाउभाउ र कुराकानीले जनाउन्थ्यो । केहिबेर बसेर ति आइमाई साथी र उनका श्रीमानसंगको भलाकुसारी पछि, हामी निस्कन के लागेका थियौं उनको त्यो पातलो चप्पल साथीको घरको सेतो रंगको त्यो डगिले टोकेर छिनाली दिएछ । झण्डै रोयको स्वरमा उनी निरास तर चर्को स्वरमा बोलिन, ‘ला डिल्ली मेरो चप्पल अब के लगाएर जाने’ मैले अलि अलि मर्मत गरेपछि उनि बिस्तारै हिड्दै आफ्नो घर तर्फ लागिन् । म मेरै किर्तिपुरको डेरामा फर्कें। यो मेरो वास्तविक जिबनमा घटेको एक घटना पस्केर मा आफु आदर्श पुरुष अनि बेनामी मेरी केटी साथीलाई खराब वा घमण्डी देखाउन खोजेको होइन । यो घटना मार्फत अहिले हाम्रो समाजमा पश्चिमबाट घुसेको एक नया संचार माध्यमले बनाएको सांस्कृतिक लक्षण प्रस्तुत गर्न खोजेको हुँ । यो आयातित संस्कृतिले हामीलाई एक प्रकारको डर र असहज मानसिक दबाबमा राखेको छ। प्यार र माया साट्ने नौटंकी गर्ने यो संस्कृतिले सार्बजनिक रुपमा डिग्री पढेका अह्मी दुइ साथीलाई त एउटा मनोबैज्ञानिक डर र दबाबमा राख्यो भने सामान्य नागरिक सम्म कस्तो र कसरि प्रसार बह्येको छ होला र कसरि बुझेका होलान ?

नेपाली किसोर र किसोरीहरुलाई बजारबाट किनेको गुलाबको फूल हातमा लियर आफुलाई मन परेको केटीलाइ दिनु वा अन्य कायर मनस्थिति भयका मनुवाहरू यो दिन पर्खेर बस्नु र कम्मर कसेर मनको कुरो ओठमा ल्याउनु । तर कुनैबेला क्रिस्टियन धर्म संस्कृतिको नियम बिपरित एक अर्कामा प्रेम गर्ने प्रेम सहिदहरुको सम्झानामा गरिने यो सम्झना स्वरुप गरिने यो सम्झना आजभोली यति बिकशित भाको छ कि, कुनै निश्चित उमेर पुग्दा पनि आफुलाई कसैले प्रस्ताब नराख्ने हो भने धेरै युवा युवती मनोरोगी भएको भेटिन्छ । वा उनीहरु आफुमा के कमजोरी छ भन्ने ठानेर पुनः बजारमा रहेका बस्तुहरुको उपभोक्ता बन्न पुग्छन् ।

हरेक ठाउँमा स्थानबिशेको आफ्नै सांस्कृतिक बिशेसता हुन्छन । प्रसार हुँदै जाँदा त्यी सांस्कृतिक लक्षणहरु मोडिने, तोडिने र छोडिने हुन्छन् । यहाँ कुरा गरौँ अहिले हाम्रो नेपाली समाज र संस्कृतिमा घुसेको एउटा नयाँ पर सांस्कृतिक लक्षणको । ‘भ्यालेन्टाइन डे’ अर्थात ‘प्रेम दिवस’। कुनै बेला राजधानीमा प्रेमलाप गर्नको लागि केहि कायर मनस्थिति भयका युवाले बजारिया गुलाफको सहारामा गरिने प्रेम प्रकट, आजभोली गाउँ, समाज र टोल टोलमा घुसेको देखिन्छ । बाहिर हेर्दा ‘प्रेम र मिलन’को कुरा गरेपनि यो संचार संस्कृति पनि एक प्रकारको पुन्जिबादी बिज्ञापन नै हो । जसले हामीलाई हाम्रो भावाना र अन्य मनोबैज्ञानिक कुराहरुलाई ब्यक्त गर्न पनि बजार केन्द्रित बस्तुको सहारा लिने र अमुर्त कुरालाई पनि जबरजस्ती मूल्य निर्धारण गर्ने बनायको छ ।

उमेर र शारीरिक परिबर्तन र बिकास आउने मानशिक र भावनात्मक व्यवहार प्रकट गर्नको लागि हरेक संस्कृतिमा भिन्न र बिशिस्ट प्रकारका तौर तरिका र प्रचलन बिद्यमान छन् । फरक त्यति मात्र हो, ति बिशिस्ट व्यवहारहरु अहिलेको आधुनिक पढाई र उमेर चढाईसंगै खुलस्त र अन्य कुराको वास्ता नगरी सिधै व्यक्तिको बजारमुखी मनोरन्जनामा केन्द्रित नहोलान् । जिम्मेबारीसहित परिपक्कता हुनुपर्ने हुनाले ति तरिका अहिलेको बजारिया व्यवस्था भन्दा असहज र गार्हो लाग्लान् ।

‘भ्यालेन्टाइन डे’रप्रणय दिवस वा प्रेम दिनको जुन प्रकारको अहिले प्रचार र प्रसार छ त्यसको चुरो कुरो प्रायः धेरैले बुझेकै छैनन् किनकि सांस्कृतिक कुराको ज्ञान सबैमा एकै प्रकारको हुँदैन । यो एक आयातित संस्कृति हो जुन हाम्रो समाज, यहाको बस्तुस्थिति, वातावरण, उत्पादन प्रक्रिया र परम्परासंग मेल खादैन ।

संस्कृतिलाई एक जीवित प्राणी जस्तै हेर्ने हो भने यो जन्मन्छ, हुर्कन्छ अनि प्रयोग नहुँदा मर्दछ । प्राचिनकालमा संस्कृति बन्ने प्रक्रिया मानिसहरु बीच हुने अन्तरक्रिया, ‘भाषा, पारस्परिक व्यवहार, प्रयोगमा आउने प्रबिधि, त्यहाको उत्पादन प्रक्रिया, त्यहाको बाताबरण, पौराणिक ज्ञानले गर्ने मार्ग दर्सन अनि धर्मले गर्ने मुल्यांकन र अनुगमन गर्ने सस्थाको आधारमा हुन्थ्यो । अहिले प्रायः धेरै संकृति बनाउने उधोग भनेको संचार साधनहरु नै हुन। श्रब्य संचार साधनको तुलनामा दृस्य संचार साधन र छापा साधनहरु बढी सांस्कृतिक लक्षण निर्माणमा प्रभाबकारी छन् । अहिले भनिने भाइरल कुराहरु एक प्रकारको भाइरस नै हुन् यहाँ हाम्रो कुनै सक्रिय सहभागिता हुदैन । पानीको फोका जस्तै केहि समयको सुन्दरता पछि बिलाउछन् ।

नेपालमा वर्तमानमा संचार क्षेत्रमा पनि अन्य क्षेत्र जस्तै हाम्रो अवस्था दयनीय छ । अन्य हजारौं कुराको आयात जस्तै हामी पैसा हालेर अरुको काम नलाग्ने संस्कृति किनेका छौं । हाम्रा सांस्कृतिक कुराहरु अन्य संसारमा प्रचार र प्रसार हुनु भन्दानी हामीहरु नै अरुको सांस्कृतिक कुराको ग्राहक बनेका छौं । अहिले बजारमा देखिने प्रेम दिवसको उन्माद पनि ब्यक्तिबादी र बजारमुखी ग्राहक बन्ने पश्चिमा संचार संस्कृतिको एक ग्राहक बन्ने प्रक्रिया नै हो । भलै कतिपय हाम्रा सन्तान वा दरसन्तान यो सांस्कृतिक उत्पादनका ग्राहक बनिसकेका छन् ।
आयातित संकृतिको प्रकृति नै हो ग्राहक लाइ जसरि सजिलो हुन्छ त्यस्तै हुने । चीनमा नेपाली तागाधारीले लगाउने जनै बन्नु जस्तै । नेपाली किसोर र किसोरीहरुलाई बजारबाट किनेको गुलाबको फूल हातमा लियर आफुलाई मन परेको केटीलाइ दिनु वा अन्य कायर मनस्थिति भयका मनुवाहरू यो दिन पर्खेर बस्नु र कम्मर कसेर मनको कुरो ओठमा ल्याउनु । तर कुनैबेला क्रिस्टियन धर्म संस्कृतिको नियम बिपरित एक अर्कामा प्रेम गर्ने प्रेम सहिदहरुको सम्झानामा गरिने यो सम्झना स्वरुप गरिने यो सम्झना आजभोली यति बिकशित भाको छ कि, कुनै निश्चित उमेर पुग्दा पनि आफुलाई कसैले प्रस्ताब नराख्ने हो भने धेरै युवा युवती मनोरोगी भएको भेटिन्छ । वा उनीहरु आफुमा के कमजोरी छ भन्ने ठानेर पुनः बजारमा रहेका बस्तुहरुको उपभोक्ता बन्न पुग्छन् । यसरि हेर्दा आयातित संस्क्र्ति ग्रहण गर्नुले हामीलाई मनोबैज्ञानिक रुपमा कम्जोर बनाएर उनीहरुको ग्राहक बनाउन थालेको छ । बिज्ञापन मार्फत देखाइने बस्तुको प्रचारले त झन् हाम्रो मनोबलमा प्रचार बजारकै सबै कुरा गतिलो मान्ने परिपाटी निर्माण गरिदिएको छ । लौ ठुलो आदर्सको कुरा छोडम कुनै केटा वा केटीलाइ आफैंले गुलाबको बोट रोपेर आफ्नै बोटमा फुलेको फूल दिएमा मात्र माया दिगो हुन्छ भनिदिउन् त हालत के हुन्छ ? तर यस्तो हुन्न किनकि नेपालमा अहिले यो दिवसको लागि मात्र लगभग १ करोड २५ लाखको गुलाबको फूल इन्डियाबाट खरिद गर्छ । साथै उपहार दिने र लिने चकलेट, गरगहना, कपडा र अन्य कुरा हरु पनि सबै बजारे छन् जसको हिसाब किताब अर्थशास्त्रीले राखेका होलान् ।

आर्थिक नाफा र घाटाको आधारमा बन्ने पश्चिमा पारिबारिक संरचनामा प्रायः परिवार एकल हुन्छन अझ कतिपय त एकल बाबु वा आमाले हुर्काएका हुन्छन् वा बेमेल बिबाहको कारणले उनीहरु पारिबारिक नातागोता बाट अलगीएका परिबारको सन्तानको लागि भने यो चुडिएको गुलाफ राम्रो प्रतीकात्मक आधार चाही हो है । सन्तानको उत्तरदायित्व भन्दानी आफ्नो सुख र सुबिधाको लागि लगभग जनावर बराबरको स्वार्थ भएका पश्चिमा कतिपय परिबारको सदस्यताको लागि जोडी निर्माण गर्ने डिस्को र प्रणय दिबस एक माध्यम हुन तर हाम्रो जस्तो सामुहिक दायित्व र संस्कार बोकेको समाजमा बिबाह र पारिबारिक जमघट भनेको अझैपनि सार्बजनिक सबाल हो ।

फूल साटेर वा पाखुरा काटेर गरिने प्रेम को दिर्घकालिनता माथि प्रश्न उठ्न थालेका छन् । यस्ता खालका पर संस्कृति को प्रयोग र प्रभाब सांस्कृतिक केन्द्रमा भन्दा छेउ र किनारमा बढी हुने रहेछ । जस्तै एउटा पोखरीमा ढुंगा हान्दा केन्द्रबाट बन्ने छाल बिस्तारै किनारमा लाग्दै गर्दै बिचमा पर्याय लुप्त रहन्छ । यी भ्यालेन्टाइन डे होस् या क्रिस्टमस अन्य । जसको संस्कृति हो उनीहरुलाई बढी वास्ता छैन तर हामी अरुको आपनाउने टाउको जोतेर पछि लाग्दा एकातर्फ आफ्नो हराउंदै गएको छ भने बजारमुखी हुँदा परनिर्भर बन्नु परेको छ । जस्तै जन्मदिनमा हामीले खाने केक बजार बाट किन्नु पर्छ । आफुले बनाउन नजान्ने, आफुले उत्पादन नगर्ने कुरालाइ आफ्नो संस्कृतिमा हुलेपछि हामी पुरै रुपमा बजारमा निर्भर हुनुपर्यो जसले गर्दा हामी परनिर्भर हुँदै जाने संस्कार बसेको छ । के घरमै पारिबारिक जमघट गर्न त्यो हिले केक मात्र छ र हाम्रै रैथाने र परम्परागत खानेकुरा छैनन् जो आफ्नै उत्पादन र आफ्नै आमाले र बाबाले बनाउनुहुन्छ ।

आजभोली किशोर किशोरीमा कुनै प्रकारको भय बिना आफ्नो मायालाई सार्बजनिक गर्ने चाड बनेको छ प्रणय दिवस जुन हाम्रो संस्कार र प्रचलन होइन । सधै एउटै र परम्परागत कुरा भन्दा फरक र भिन्न कुराको अनुभूति गर्ने मनोबैज्ञानिक अभिलाषा सबैमा हुन्छ तर माया, प्रेम र भावना जस्ता अमुर्त कुराहरुलाई बजारमा पाइने बस्तुको प्रतिकसंग जोडेर सार्बजनिक गर्नुले आधुनिक भन्दानी एक प्रकारको रोगि बनाउने काम गरेको छ । मैले यहाँ भन्न खोजेको के हो भने उत्तरदायित्व बिनाको संस्कार र संस्कृतिले हामीलाई लैजाने भनेको परिवार, घर र समाज भन्दा टाढा र पुँजीबादी बजारको नजिक हो ।

किशोर किशोरीले त जान अन्जान मा संचार माध्यममा आएको पश्चिमा बजारको विज्ञापनमा रुल्मुलियर आफ्नो मनोविज्ञान प्रकट गरे त्यो आफ्नो ठाउँमा ठिक सोच्लान तर यहाँ त ३६४ दिन श्रीमतीको दोहोलो काढ्ने, पर स्त्रीमा लम्पट रहने हरि लट्ठु श्रीमानहरु पनि यो दिनमा दिने एउटा फूलले श्रीमतीहरुलाइ कुल पार्नुले हाम्रो मनोदशा प्रकट हुन्छ ।

नेपालमा सन् १९७० को दसकमा काठमाडौँको ठमेल र पोखराको बैदाममा आएका गजंडी अमेरिकन हिप्पी (जो अमेरिकाको अर्थ राजनीति बाट वाक्क भएर त्यहाको राज्यब्याबस्थालाई आफ्नो पछाडिको भाग देखाउने समुह) को अन्तरघुलनले त्यो बेलाको सामाजिक संरचनमा त कति युवालाई दुर्व्यसनी बनायो । अहिले पश्चिमा प्रभाब, दबाब र अभाबले नेपालमा हुर्केका ब्यक्तिबादी र अर्थमुखी संस्कार बृद्धि हुँदै जाने हो भने आफुलाई मन परेको केटा वा केटी नपाउंदा वा आफुलाई कुनै केटा वा केटीले नहेरेको निहुमा युरोप र अमेरिकामा जस्तै भिड भाड, डिस्को र दोहोरि साँझमा गोलि बर्साउने अब सादर डिप्रेसन का रोगीहरुको झुण्ड हाम्रै समाजमा उत्पादन हुनेछन् ।

आजको बिस्वब्यापिकरण संगै बढेको संचार माद्यम र श्रब्य द्रश्य समाग्री र संचारले हामी र हाम्रो परम्परामा कति डढेलो लगाउने हो खोइ भन्न गार्हो छ । सन् २०११ मा जम्मा ९ प्रतिशत जनताले प्रयोग गर्ने इन्टरनेट सेवा हाल आएर झन्डै ५५ प्रतिशत पुगेको छ । यो सेवा बढेसंगै राम्रा अनि नराम्रा धेरै कुरा पनि बढेको कुरा हाम्रा समाजमा घट्ने हरेक घटनाले प्रतिबिम्बित गर्दछ । सबै भन्दा डरलाग्दो कुरा त यो होकी कुनै पनि कुरालाई हेर्ने दृस्टी कोण, अबधारणा र व्यवहार हरु हामीले अपनाउने र मान्ने संस्कार र संस्कृतिले निर्धारण गर्दछ । अहिले हाम्रो समाजमा राजनैतिक उथल पुथल संगै समाजको उचित स्थानान्तरण रपरिबर्तन नहुँदा भएको संक्रमणकालिन अबस्थामा एउटा जमात पुरै मिडिया रसंचार संस्कृतिमा निर्भर भएको तथ्य हामी सामु लुकेको छैन । पश्चिमा उपभोक्ताबादी समाज र संस्कारले आफ्नो उत्पादन बस्तु र संस्कृति दुवै बजारमा लानको लागि बनायको उपभोक्ताबादले हामीलाई लोभी , पापी र अनैतिक बनाएको छ । जसको कारण हो आजभोली हाम्रो समाजमा घट्ने प्राय बलात्कार,चोरी, ठगि र सजिलै अरुको ज्यान मार्ने जस्ता अपराधहरु । जुन कुरा पश्चिममा पनि घट्छन तर उनीहरुको कडा कानुनको कारणले बाहिर हेर्दा कमि देखिएको मात्र हो ।

संचार मिडियामा चाहे त्यो बिज्ञापन, टेली सिरियल, वा फिल्म जे सुकै होस् महिलालाइ कम्जोर, कसैको सहयोग चाहिने र भोग्य बस्तुको झैं उपयोग गरि उनीहरुको शरीरलाइ कुनै बजारको बस्तु जस्तै गरि देखाउने प्रक्रियाले हाम्रा नारीहरुले पालेको पश्चिमा नारी स्वतन्त्र छन् भ्रम मात्र हो भलै उनीहरु आफुलाई मन पर्ने बजारको बस्तु किन्न स्वतन्त्र भने छन् है पैसाको संचिति छ भने ।

पश्चिमा उत्पादन प्रयोग गरि आधुनिक र संचार माध्यमले पस्कने संस्कार अपनाएर सभ्य बन्ने प्रक्रिया रहने हो भने हामी जे जति र जस्तो सुकै आयातित चाडपर्ब माने पनि हाम्रो स्तर भनेको पश्चिमा ब्यक्तिबादी र भौतिकबादी बजार व्यबस्थाको ग्राहक बन्नु बाहेक केहि होइन । अहिलेको परनिर्भर मानसिकता घटाएर बिस्तारै आफ्नै उत्पादन र बाताबरण मैत्री साथै आफ्नै सामुहिक सांस्कृतिक, सहृदयी प्रकारको चाडपर्ब र संस्कारको व्यवस्था गर्न नसक्ने हो भने, हामी न यताको न उताको सांस्कृतिक रुपमा ‘डोरी बिना झुण्डियका’ प्राणी हुनेछौं ।
हालः टोरन्टो, क्यानाडा