राजनीति

राजनीतिलाई शुद्धिकरण गर्न जुनसुकै पार्टीको भएपनि भ्रष्टाचारीलाई काबाही गर्नैपर्छः नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले भ्रष्टाचारीको कुनै पार्टी नहुने भन्दै जुनसुकै पार्टीको भएपनि उनीहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् । गोरखा चुमनुब्रीको प्रशिक्षणमा बोल्दै चेज एअर, चाइना साउथवेस्ट, लाउडा हुँदै वाइडबडीसम्मका काण्डहरुले आफैँ वोल्छ, भ्रष्टाचरीको कुनै राजनैतिक पार्टी हुँदैन। भ्रष्टाचारीले जुनसुकै पार्टीको खोल ओढेपनि कारबाही गर्नै पर्छ, तब मात्रै राजनीतिमा सुद्धिकरण हुन्छ, भन्ने तर्क राखेका हुन् ।

भ्रष्टाचारबिरुद्ध खरो बोल्ने नेता मध्ये एक काँग्रेस नेतामा पर्ने गुरुङले भ्रष्टाचारीलाई कारबाही गरेमात्र राजनीतिमा शुद्धिकरण हुने विचार व्यक्त गरेका छन् । उनको आशय सबै पार्टीमा भ्रष्टाचारी छ् र उनीहरु कसैलाईपनि छाड्नु हुन्न भन्ने छ ।