राजनीति

उपाध्यक्ष लगायतका स्थानमा गरिएका दर्जनौं मनोनयन काँग्रेस बैठकले गर्यो खारेज, नयाँ कमिटी भने गठन गर्नसकेन

काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेबिसंघको अध्यक्षबाट राजीनामादिएका स्थानमा नयाँ अध्यक्षलाई नियुक्त गर्न सकेन । आजको काँग्रेस बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य प्रकाशमान सिंह, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, एन.पी. साउँद, किशोरसिंह राठौर, गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र मोहनबहादुर बस्नेतले आ–आफ्नो धारणा राखेका थिए ।

आजको बैठकले नेपाल विद्यार्थी संघको सभापति पदमा रही गरेको कार्यका लागि नैनसिंह महर तथा समावधि समाप्त भइसकेको उनको नेतृत्वको केन्द्रीय समितिलाई धन्यवाद ज्ञापन गगरेपनि नेविसंघ अभिभावकबिहीन भएको देखिएको छ । ।

बैठकले अघिल्लो मिति पारी नेविसंघ सभापति, पदाधिकारी या सदस्यहरुबाट भएका विभिन्न मनोनयनका सबै निर्णय बदर गर्ने निर्णय पनि गरेको छ ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७५ फाल्गुण १ गते दिउँसो १ः०० वजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।