समाचार

झण्डै १९ करोड भ्रष्टाचारको आरोप लागेका आयल निगमका खड्का २ करोड ५० लाख धरौटीमा रिहा

काठमाण्डौ । नेपाल आयल निगमका पुर्ब प्रमुख गोपाल बहादुर खड्का दुई करोड ५० लाख धरौटी राखेर छुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ६ट लाख रुपैयाँ स्रोत नखुलेको सम्पती देखिएको दाबी गर्दै भ्रष्टाचार गरेको अभियोगमा कारबाही गर्ने मागसहित विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
उक्त मुद्धाको सुनुवाई गर्दै अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको ईजलासले उक्त धरौटी माग गरेपछि नेपाल ईनभेष्टमेन्ट बैंकको जमानीमा खड्का छुटेका हुन् ।
बिशेष अदालतका जिष्टार भीम श्रेष्ठका अनुसार खड्का बिशेष अदालतले हाजिर हुन पठाएको ३० औं दिनमा हाजिर हुन आएका थिए ।