समाचार

कमल थापा नेतृृत्वको राप्रपाले मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा थाल्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन १५ गते ताप्लेजुङका सदरमुकामबाट मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा प्रारम्भ गर्ने भएको छ । पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मुख्य उद्देश्य रहेको उक्त पार्टीले जनाएको छ ।

ताप्लेजुङबाट शुरु भएको यात्रा पाँचथर, इलाम हुँदै कञ्चनपुरसम्म पुग्ने र त्यहाँबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै काठमाडौँ आएर समापन हुने जनाइएको छ ।

ताप्लेजुङबाट काठमाडौँसम्मको १५ दिने यात्राले दुृई हजार २६० किमि दूरी तय गर्ने र यात्राका क्रममा हिन्दू, बौद्ध र किराँत धर्मलाई चिनाउने मन्दिर, चैत्य मस्जिद बनाइने उक्त पार्टीले जनाएको छ ।

यात्राका क्रममा विभिन्न नदी तथा कुण्डका जल काठमाडौँमा आयोजना हुने कलशयात्रामा प्रयोग गरी पशुपतिनाथ मूर्तिमा अभिषेक गराइने, यात्राका क्रममा साना–ठूला १०० भन्दाबढी सभा हुने र सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्नु हुने जनाइएको छ ।