प्रदेश 2

चट्याङपीडित परिवारको बिचल्ली

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–११ चनौटेका चट्याङपीडित दुई परिवारको बिचल्ली भएको छ ।

गत शनिबार चट्याङ परेर स्थानीयवासी दिलबहादुर डिम्डोङ र बुद्धिमान जिम्बाको घर नष्ट हुँदा बिचल्ली भएको हो । धनमाल, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएपछि उनीहरुलाई बस्न र खान सकस परेको छ । दुवै घर जल्दा रु ११ लाखभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । पीडित परिवारलाई हालसम्म राहत उपलब्ध हुन सकेको छैन ।