कर्णाली प्रदेश

कैदीका लागि पुस्तक सङ्कलन

जुम्ला । जिल्ला कारागारका कैदीका लागि पुस्तक सङ्कलन अभियान थालिएको छ । कर्णाली प्रदेश प्रहरीको कार्यक्रमअन्तर्गत कैदीका लागि पुस्तकालय स्थापना गर्न पुस्तक सङ्कलन गरिँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालयले गत पुस २५ गतेदेखि सञ्चालन गरेको सो अभियानअन्तर्गत हालसम्म पाँच सय पुस्तक सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए । “कसैले आफूसँग भएको त कतिपयले नयाँ पुस्तक किनेर उपलब्ध गराउनुभएको छ”, रिजालले भने । कर्णाली प्रदेशको १० जिल्लाका कारागारमा पुस्तकालय स्थापना गर्न हालसम्म झण्डै तीन हजार पुस्तक सङ्कलन गरिएको छ ।

कैदीलाई अध्ययनशील बनाउन पुस्तकालय स्थापना गर्न लागिएको हो । शिक्षा दिवसको अवसरमा फागुन १२ गते जिल्ला कारागारमा पुस्तकालय स्थापना गरिने रिजालले बताए। पुस्तकालय स्थापना गर्न विराटनगराका डिल्लीराज गिरी तथा एक्सपोर्ट कन्र्सनका खेम सङ्ग्रौलाले रु ४०/४० हजारका र जुम्लाका तोरुण कठायतले रु दुई हजारका पुस्तक उपलब्ध गराएका छन् ।